प्रचण्डलाई निर्वाचन जितेर देखाउन बादलको चुनौती

चितवन २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता  तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अबको निर्वाचन प्रचण्डका लागि चुनौती हुने बताउनु भयो ।
आज नेकपा चितवन (ओली पक्ष)द्वारा भरतपुरमा आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्दै बादलले निर्वाचन जितेर देखाउन चेतावनी दिनु भयो ।
चुनाव नै जित्न नसक्ने प्रचण्ड कसरी अब प्रधानमन्त्री बन्न सक्नु हुन्छ उहाको भनाइ थियो ।
अब हामीले संसद विघटन गरेका छौं बादलले भन्नू भयो, ‘अब प्रधानमन्त्री बन्न मन भए चुनावमा जानुस ।’ त्यस्तै  नेकपाको अध्यक्ष बन्न मन भए महाधिवेशनमा जान पनि चुनौती दिनु भयो । उहाले भन्नू भयो ‘तपाईंलाई नेकपाको अध्यक्ष बन्न मन छ भने महाधिवेनमा जानुस,  कार्यकर्ताको मन जित्नुस र  चुनावबाट जितेर अध्यक्ष बन्नुस ।
पुरानो   संसदले प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्ने बताउनु भयो  । बादलले प्रचण्ड प्रती तीखो शब्दमा भन्नू भयो तपाइको जालझेल धेरै भयो निर्वाचन बाट जितेर आउनुस अनि बन्नु होला प्रधानमन्त्री । नेता बादलको चितवन गृह जिल्ला भए पनि निर्वाचन जित्न सक्ने भए भए पछि प्रतिनिधि सभामा उठ्नु भएको थिएन ।

शेयर गरौ

ताजा अपडेट