काठमाडौं, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरिएको हो ।
आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आइतबार बसेको स्थायी समिति बैठकले नेपालको नेतृत्वमा १०–सदस्यीय कार्यदल बनाएको हो।
स्थायी कमिटी सदस्य योगेश भट्टराईका अनुसार यसले पार्टी एकीकरणका बाँकी रहेका काम र पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्याको कारण रिक्त भएका स्थानमा जिम्मेवारी प्रदान गर्नेछ । स्थायी समिति बैठक सोमबार १२ बजे पुनः बस्ने उनले जानकारी दिए ।
यसैबीच आइतबारबाट अध्यक्षता आलोपालो प्रणालीबाट पनि सुरु भएको छ । पुस ७ र ९ गते बसेको स्थायी समितिको बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए भने आइतबार पेरिसडाँडामा बसेको बैठकको अध्यक्षता नेपालले गरेका थिए।