माडी ।माडी नगरपालिका वडा नम्बर ७ स्थित परुही खोला किनारमा रहेको चेपाङ बस्तीमा न्यानो कपडा वितरण गरिएको छ।
बढ्दो जाडोका कारण समस्यामा परेका ८० बालबालिका तथा महिलाहरुलाई लक्षित गरि न्यानो कपडा वितरण गरिएको हो ।
काठमाडौ स्थित बाल उद्यान सामुदायिक सेवा समिति नया बानेश्वरको सहयोग तथा साहित्यकार प्रकाश चापागाईं तथा पत्रकार द्वय नारायण सापकोटा, विपिन पाठकको समन्वयमा अायोजना गरिएको उक्त कार्यक्रममा सहारा युवा क्लबका अध्यक्ष नविन घिमिरेले बिशेष सहयोग गर्नुभएको थियोे ।
माडी नगरपालिका वडा अध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा चेपाङ जनप्रतिनिधि पुर्णिामा प्रजाले धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।