प्रदेश ट्राफिक प्रमुख एसपी राईले भने “घुस खाने ट्राफिकलाई छाडिन्न”

चितवन समाचारडटकम, ४ फागुन ।
प्रदेश नम्वर ३ ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी उपरिक्षक नवीनराज राईले यस प्रदेशमा सेवा प्रभावकारी र विश्वसनीय बनाउन भ्रष्टचारमा शुन्य सहनशिलता अपनाएर अघि बढेको बताउनुभएको छ ।
चितवन समाचार डटकम संग कुराकानी गर्दै प्रहरी उपरिक्षक राईले कोही ट्राफिकले घुस खाएको थाहा भएमा उसलाई सजाय दिलाईने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
“हामी शुन्य सहनशीलता अपनाएर अघि बढेका छौं, गल्ती गर्नेलाई छाडिन्न, राईले भन्नुभयो, यस प्रदेशका आफ्नो कार्यक्षेत्र भित्र रहेका जिल्लाहरुमा स्पष्ट निर्देशन पनि जारि गरिएको छ ।”
चितवनको रामनगरमा रहेको प्रदेश कार्यालयले उपत्यकाका तिन जिल्ला वाहेक चितवन, धादीङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली र मकवानपुरलाई हेर्ने जिम्मेवारी पाएको छ ।
”“थुप्रैमा एक दुई ब्यक्ती खराव पनि निस्कन सक्छ , कोही ट्राफिकले घुस खाएको थाहा हुनासाथ कारवाही पनि गरिएको छ,” एसपी राईले भन्नुभयो । आफु यस विषयमा अत्यन्त सचेत भएर लागेको बताउनुभयो ।
ट्राफिक प्रहरीको सेवा प्रवाहमा कुनै गुनासो भए पैसा नलाग्ने टेलिफोन नम्वर १०० वा १०३ मा खवर गरेर जानकारी दिन पनि उहाँले आम नागरिकसंग आग्रह गर्नुभएको छ ।
कार्यालयवाट प्रदेशका जिल्लाहरुको अनुगमन र योजना बनाएर निर्देशन जारी गर्ने काम भईरहेको छ ।

सडक दुर्घटनाको न्युनीकरण र बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न कार्यालयवाट विभिन्न योजनाहरु बनाइएको एसपी राईले बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सवारी चालक र सह चालकहरुको शारिरिक अवस्थाको चेकजाँच र सवारी साधनको मेशिनको चेकजाँचको कार्यक्रम पनि भएको राईले बताउनुभयो ।
सवारी चालकहरुलाई सचेतनाको कार्यक्रम पनि चलाइएको उँहाले जानकारी दिनुभयो ।
भवनको अभावमा रानगरमा भाडामा वस्दै आएको कार्यालयको भवन बनाउन नजिकै रहेको वनमा जग्गा अधिग्रहण गर्न लागिएको एसपी राईले बताउनुभयो । जग्गा प्राप्तीका लागी प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो ।
२ सय १३ जनाको दरवन्दी रहेको प्रदेश भरमा २ सय ४० जना खटिएका छन् । प्रदेश कार्यालयमा भने ३६ जनाको दरवन्दी रहेकोमा २५ जना रहेकाछन् ।

शेयर गरौ

ताजा अपडेट