नयाँ राजा बन्न् खोज्नेलाइ जनताले फाल्ने छ

काठमाडौँ ११ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिती सदस्य सुरेन्द्र पाण्डेले राजा फाल्ने जनताले नयाँ राजा बन्न् खोजेका ओलीलाई बाँकी नराख्ने बताएका छन् । नेकपा धादिङ–काठमाडौ सम्पर्क मंचको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले ६४ सालमा गरेको आन्दोलन फेरि गर्नुपर्ने अवस्था आएको बताए । उनले भने– ‘ओलीको प्रतिगामी कदमविरुद्ध पुस १४ गते बिशाल प्रदर्शनमा सहभागी बनौं । लोकतन्त्र अपहरण हुन लाग्दैछ । नेता पाण्डेले भने– ‘ओली नयाँ राजा हैन, नयाँ राजा बन्ने कुचेष्टा नगर्नुस् । जनताले बाँकी राख्दैनन् ।’
नेता पाण्डेले नेकपा पार्टी र चुनाव चिन्ह सुर्यका विषयमा कुनै विवाद नरहेको भन्दै माधव–प्रचण्डले नेतृत्व गरेको पार्टी नेकपा नै बैधानिक र यसको चुनाव चिन्ह सुर्य आधिकारिक भएको बताए । उनले भने–’निर्वाचन आयोगले यो विषयमा कुनै प्रभावमा नपरी निर्णय गर्नेमा आफु विश्वस्त रहेको छु ।’
भेलामा नेकपा निर्वाचन आयोगका सदस्य बिष्णुपुकार श्रेष्ठ, नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहाल, नेकपा केन्द्रिय सदस्य कल्पना धमलाको समेत उपस्थिति थियो ।
कार्यक्रममा धादिङ घर भइ हाल काठमाडौँमा विभिन्न पेशा तथा व्यवसाय गर्दै आइरहेका तिन पाँच सय कार्यकर्ताको उपस्थिती रहेको उपाध्यक्ष संजिब पाण्डेले जानकारि गराउनु भयो ।

शेयर गरौ

ताजा अपडेट