सुरेश कोइराला
चितवन । औपचारिक दुई पार्टीका रुपमा घोषणा नभए पनि नेकपा विभाजित हुँदा पार्टीमा त्याग गरेका नेता र कार्यकर्ता निराश बनेका छन् ।
एमालेका पोलिट व्युरो सदस्य रहेका त्यागी र आदर्शवादी नेता काशीनाथ अधिकारी अब कुनै पनि गुटमा नलागेर तटस्थ बसेका छन् । उनी कहिल्यै पनि सत्ता र पदको स्वार्थमा लागेनन् । चार दशक लामो राजनीतिक यात्रामा उनले कहिले आफ्नो व्यक्तिगत स्वार्थलाई अघि सारेनन् र सधैं देश र पार्टीको लागि कर्मनिष्ठ भएर इमान्दारितापूर्वक काम गरे । तर, अहिले उनी निरास बनेका छन् । नेकपा फुटेसँगै केपी शर्मा ओली र माधवकुमार नेपाल दुबै पक्षले उनलाई बोलाए पनि उनी अहिले कतै नजाने निर्णयमा पुगेका छन् । उनले सामाजिक सञ्चालमा लेखका छन्, राजनीतिक अंशबण्डाका कारण वैचारिक मतभेद भएको छ । कुनै प्यानलमा जान्न । तटस्थ बस्छु । कुनै पनि गुटको बैठकमा सहभागी हुँदैन ।
उनीजस्ता पार्टीमा वर्षौदेखि लागेका थुप्रै सच्चा नेता र कार्यकर्ता अहिलेको नेकपाको राजनीतिक तरंगले भविष्य नै अन्धकारमा सिर्जना गरिदिएको बताउँछन् । विचारको राजनीति भए पनि कोसँग रहने भन्ने हुन्थ्यो भागवण्डाका आधारमा पार्टी दुई चिरामा भएकाले नेकपाका निस्कलंक, इमान्दार , कर्मठ पार्टी संगठनमा प्रतिबद्ध अधिकारी जस्ता नेता कार्यकर्ता दुविधामा परेका छन् ।
कल्कलाउँदो उमेरमै राजनीतिमा प्रवेश गरेका अधिकारीले बागमति र गण्डकी प्रदेशका विभन्नि जिल्लाक गाउँ बस्तीका झुप्रो झुप्रोमा पुगेर पार्टीको संगठन विस्तारमा लागेका थिए । जनताको सेवामा खटिएर काम गरेका थिए। तत्कालीन नेकपा एमालेमा पूर्व पोलिट ब्यूरो सदस्य समेत रहेका उनी रामपुर क्याम्पसका एक कर्णधार हुन् । जननेता मदन भण्डारीले भनेको थिए, ‘यदि मान्छेको सोच र विचारमा परिवर्तन आएन भने राजतन्त्र फालेर गणतन्त्र ल्याए पनि केही हुँदैन, त्यसैले मानिसले समय अनुसार सोच र विचारमा परिवर्तन ल्याउन सक्नुपर्छ । यो नहुँदा मुलुक नै भड्खाडोमा पर्छ । अहिले त्यहि भएको छ ।’
