असहयोग र घेराबन्दीका कारण संसद बिघटन : ओली

काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय आकस्मिक रुपमा नभएको बताएका छन् । उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरीतका गतिविधिका संसद विघटनको अवस्था निम्तिएको बताएका छन् ।

आज (सोमबार) देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को विकल्प नभएको तर्क गरे । जसअनुसार हिजो प्रतिनिधिसभाको विघटन गरेर वैशाखमा निर्वाचन गर्ने तय भएको उनको भनाइ छ ।

‘संसद् विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिए पनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरीतका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो’, ओलीले भने ।

शेयर गरौ

ताजा अपडेट