संसद विघटन गर्ने कदम असंवैधानिक : वरिष्ठ नेता नेपाल

काठमाडौं, ५ पुस । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक एवं लोकतन्त्रविरोधी बताएका छन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि नेता नेपालले ओलीले संसद विघटन गर्न नपाउने र यो पूरै असंवैधासनिक कदम भएको बताए । उनले भने, ‘उहाँ पार्टीभित्र पनि अल्पमतमा हुनुहुन्छ । संसदमा पनि उहाँ अल्पमतमा हुनुहुन्छ ।’

पार्टीकै ९० जनाको हस्ताक्षरले प्रधानमन्त्री अल्पमतमा परेको स्पष्ट भइसकेको नेता नेपालले बताएका छन् । उनले भने, ‘सिंगो संसदभित्रका प्रतिपक्षी पार्टीहरु पनि उहाँको विपक्षमा छन् ।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले प्रधानमन्त्री ओलीको कमद राजनीतिक रुपमा पनि लोकतन्त्रविरोधी र निन्दनीय भएको बताएका छन् ।

‘राजनीतिकरुपमा पनि उहाँले अत्यन्तै लोकतन्त्रविरोधी कदम चाल्नु भएको ठहरिन्छ’ बरिष्ठ नेता नेपालले भने, ‘पार्टीभित्र पनि पार्टी निर्णय र पद्दतिको विरुद्धमा, कम्युनिष्ट पार्टीको मान्यताविरुद्ध उहाँ सर्वसत्तावादी ढंगले चल्नु भएको छ, उहाँको कदम अत्यन्तै निन्दनीय छ ।’

शेयर गरौ

ताजा अपडेट