बालबालिकालाई न्याना कपडा वितरण

माडी ४ पुस । माडी नगरपालिका वडा नं ९ को राइडाँडामा बसोबास गरेका सुकुम्बासी चेपाङ परिवारका कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने ८० जना बालबालिकाहरुलाई अाज शनिबार न्याना कपडा वितरण गरिएको छ ।

जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेको जानकारी पाएपछि समाजसेवीहरु बेल्जियममा रहनुभएका दिनेश भण्डारी, डेनमार्कमा रहनुभएका सुवर्णदत्त गौतम,जापानमा रहनुभएका झमबहादुर खत्री र इन्द्रमणि कंडेल, भरतपुर ४ लङ्कुका अोमप्रसाद सापकोटा धर्मचोकका काशिराम कंडेल र नारायणगढका गुरु ढकालको सहयोगमा न्याना कपडा वितरण गरिएको हो

कपडाहरू वितरण गर्दै माडी नगरपालिकाकी उप मेयर ताराकाजी महतोले जाडोमा सुकुम्बासी परिवारका बालबालिकाहरुलाई परेको समस्यामा सहयोग गर्ने सहयोगीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै सहयोगबाट विद्यार्थीहरुलाई विद्यालय जान सहयोग हुने बताउनुभयो ।

कार्यक्रममा माडी नगरपालिका प्रवक्ता एवम् वडा नं ९ का वडाध्यक्ष शिवहरी सुवेदीले सुकुम्बासी चेपाङ परिवारका बालबालिकाहरुको शैक्षिक विकासमा सहयोग गर्नुपर्ने आवश्यकता अौंल्याउदै न्याना कपडाहरू वितरण गर्ने सहयोगीहरुप्रति आभार प्रकट गर्नुभयो

पोशाक वितरण कार्यक्रममा वडा सदस्य पूर्णीमाया चेपाङले जाडोको समयमा विपन्न चेपाङ परिवारका बालबालिकालाई कपडा उपलब्ध गराउने सहयगीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो ।
कृष्णनगर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारदमणि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक मुक्तिराम सुवेदी,मिराकल गार्डेनका सञ्चालक दामोदर देवकोटा सिमा सुरक्षा बल, राइटोलका प्रमुख दिपेन्द्र पाण्डे लकालगायतको उपस्थिति रहेको थियो भने सहयोगको समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट