ट्याङ्कर श्रमिकहरुको अधिवेशन हुदै

चितवन ३ पुुस। चितवन जिल्लामा रहेका ट्याङ्कर चालक तथा सहचालकहरुको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन चितवन ट्याकर ईकाई कमिटीको दोस्रो अधिवेशन पुस ४ गते शनिबार हुँदैछ ।
चितवन पर्साको अमृतपानी पानीसराढापमा हुन लागिरहेको अधिवेशनका लागि तयारी पुरा भईसकेको आयोजक कमिटीका अध्यक्ष लिलाधर पौडेल (गोपाल) ले जानकारी गराए । कोरोना महामारीका समय जोखिम मोलेर ईन्धन ढुवानी कार्यमा संलग्न ट्याङ्कर चालक तथा सहचालकहरुको अवस्था र देशको वर्तमान यातायात श्रमिकहरुको अवस्थाको वारेमा जानकारी गराउन संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई अधिवेशनमा प्रमुख अतिथिका रुपमा सहभागी हुन चितवन आईसकेको पौडेलले जानकारी दिए ।
अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने र समग्र जिल्लाको ट्याङ्कर चालक तथा सहचालकहरुको हकहितका लागि योजना समेत अधिवेशनले बनाउने छ ।

शेयर गरौ

ताजा अपडेट