‘गेम अफ थ्रोन्स’ की नायिका अमृता नेपालमा

चर्चित हलिउड सिरिज ‘गेम अफ थ्रोन्स’ की नायिका अमृता आचार्य नेपाल आईपुगेकीछिन् । अमृता एक कल्याणकारी कार्यका लागि उनी पितृभूमि नेपाल आई पुगेकी हुन् । बेलायतको छोराछोरी नाम सामाजिक संस्थालाई फन्ड जुटाउन उनी काठमाडौंमा आइपुगेकी हुन् । महिला तथा बालिका हिंसाबिरुद्ध अभियानका लागि उनलाई कोषमा ८० हजार पाउन्ड जम्मा गर्नु पर्नेछ ।

नेपाली बुवा र युक्रेनी आमाको कोखबाट जन्मिएकी अमृता नेपाली बोल्न सक्दिनन् तर उनलाई नेपाली भाषामा भने निकै रुची छ । नेपाली फिल्म भने नहेरेकी उनलाई राम्रो स्क्रिप्ट पाए नेपाली फिल्ममा काम गर्ने पनि इच्क्षा छ । ‘गेम अफ थ्रोन्स’ पछि उनको सफल भएको नर्वेजियन क्राइम ड्रामा ‘एक्वीटेड’ पनि हो । नेपालमा रहँदा अमृताले घान्द्रुक, बुटवल, भैरहवा र अर्घाखाँची घुम्नेछिन् ।

शेयर गरौ

ताजा अपडेट