चैत महिनादेखि पानीको खोजीमा वन्यजन्तु भौतारिन थाल्ने भएकाले स्रोतको व्यवस्थापन गर्न पोखरी निर्माण गर्न थालेको वरालले बताउनुभयो । ‘हामीले यस वर्ष मात्रै एक करोड रुपियाँ बजेट छुट्टाएका छौ’ बरालले भन्नुभयो ‘३५ वटा पुराना पोखरी मर्मत र यस वर्ष मात्रै १६ वटा नयाँ पोखरी निर्माण गर्देछौ ।’
पानीको स्रोतको अभावमा वन्य जन्तु मानव बस्तीमा जाने गर्नाले जोखिम हुने भन्दै अहिलेबाट नै पोखरी निर्माण सुरु गरिएको छ ।
निकुञ्जभित्र रहेका साना खोलामा हिउँदमा पानीको सतह घट्न गर्दछ । पानीमा आहाल खेल्ने खोज्ने गैंडा, पानी पिउनका लागि हरिण चित्तल, बँदेल लगयातका जनावरहरु जलासय खोज्दै हिड्ने गर्दछन् । चैत लगेपछि जनावरहरुलाई पानीको अझ धेरै आवश्यकता पर्ने भएकाले मर्मत र नयाँ पोखरी निर्माणमा ध्यान दिएको प्रमुख संरक्षण अधिकृत वरालले जानकारी दिनुभयो ।
निकुञ्जभित्र घासे मैदान, पोखरी निर्माण, पानीका स्रोतहरुको संरक्षण, संरक्षित जनावरको सुरक्षामा ध्यादन दिनु पर्ने मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगानाले बताउनुभयो । मानव र निकुञ्जका जनावर बीचको द्वन्द्व हटाउन वासस्थानको व्यवस्था जरुरी भएको बताउनुभयो ।