सरकारले रकम र सत्ताको दुरुपयोग गरेको छ : डाक्टर महत

चितवन २९ मंसिर । नेपाली कांग्रेसका नेता पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले रकम र सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।
सरकार विरुद्धमा पार्टीले गरेको विरोध प्रदर्शनलाई सोमबार नारायणगढमा सम्वोधन गर्दै नेता महतले कम्युनिष्टलाई जिताएकोमा जनतामा निराशा आएको बताउनु भयो । उहाँले भन्नुभयो, “गल्ती गरिएछ भन्ने जनतामा छ, हिजो धेरै पश्चाताप भएपनि आगामी निर्वाचनमा सर्तक बनौँ ।”

उहाँले देशको अतिक्रमित भूमी फिर्ता ल्याउनुपर्नेमा जोड दिनुभयो । अतिक्रमित भूमी फिर्ता ल्याउन निष्पक्ष भएर खोजवीन गर्नुपर्नेमा जोड दिनुभयो । चीनतर्फ अतिक्रमित भएका भनिएका भूमीबारे सरकारले चासो नदिएको आरोप लगाउनुभयो । “चीनतर्फका सीमाका कतिपय ठाउँमा विवाद छ, सीमा मिचिएको स्थानीयको गुनासो छ”, उहाँले भन्नुभयो, “हुम्ला, दोलखा, सोलुखुम्बु लगायतका ठाउँमा खम्बा सारिएको खबर आएको छ, खोजीनिती गर्नुपर्छ ।” विगतको सम्झौता हेरेर तथ्यका आधारमा खोजनीति गर्न छाडेर सरकारले चीनकै जमिन हो भने जसरी चासो नदिएको आरोप लगाउनुभयो । “भारत वा चीन तर्फको सीमाका नेपाली भूमी कायम राख्न सरकारले कुनै राष्ट्रको पक्ष लिनुहुदैन”, उहाँले भन्नुभयो, “निष्पक्ष छानविन होस् ।”
उहाँले नेपालले लिन लागेको ठुलो वैदेशिक सहयोग समेत लिन्न भनेर गाली गर्दै जाने काम गलत भएको जीकिर गर्नुभयो । मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सत्तारुढ दलको आन्तरिक झगडाले संसदबाट पारित हुन नसकेको बताउनुभयो ।

“अमेरिकासँग ठुलो सहयोग लिदा चीन रिसाउला भनेर नेकपाभित्रै विरोध भैरहेको छ”, उहाँले भन्नुभयो, “नेकपाको आन्तरिक झैगडाले देशलाई धेरै वेफाइदा भएको छ, नोक्सान भएको छ ।” कांग्रेसकै पालामा भएको एमसीसी सम्झौता कार्यान्वयन गर्न सरकार गम्भीर नबनेको आरोप लगाउनुभयो । उहाँले एमसीसी आउँदा अमेरिकाको आर्मी आउँछन् भनेर भ्रम फैलाइएको बताउनुभयो ।
वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोप लगाउनुभयो । “मतदातालाई झुक्याएर कम्युनिष्टको सरकार बनेको छ”, उहाँले भन्नुभयो, “कम्युनिष्ट सरकारमा धेरै विकृति देखापरेका छन्, अब सबै जाग्नुपर्छ ।” सरकारले राजश्व, वैदेशिक सहयोग, राष्ट्रिय ऋणको दक्षतापूर्वक उपभोग र व्यवस्थापन गर्न नसक्दा प्रतिफल नआएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा कांग्रेसले जनताको विश्वास जितेर भारी मत ल्याउने जीकिर गर्नुभयो ।
चितवन काग्रेले आयोजना गरेको विरोध सभा भरतपुरको चौविसकोठीबाट निस्केको जुलुस नारायणगढको पुलचोकमा पुगेर कोण सभामा परिणत भएको थिया । कार्यक्रममा जिल्ला सभापति जीतनारायण श्रेष्ठ सहित विभिन्न नेताले सम्वोधन गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट