सीमा सुरक्षा सम्बन्धी कानून तर्जुमा गराउने छौ : गृहमन्त्री थापा

चितवन, २९ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षा सम्बन्धी कानून तर्जुमा गराउने बताउनु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनीको सोमबार चितवनको भण्डारामा उद्घाटन गर्नु हुदै ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिनु भयो । a
प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रुपमा सम्पादन गर्ने गृहमन्त्री थापाको भनाइ थियो । उहाले भन्नु भयो, ‘सबै निकायबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्ति सुरक्षा र अमनचयन कायम गर्ने कुरा सम्भव हुन्छ ।’ अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिनु भएको थियो । सशस्त्र प्रहरीलाई समयानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउन एवं संगठनको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उहाको भनाइ थियो ।
गृहमन्त्री बादलले चालु आर्थिक वर्षमा २२१ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको र यस वर्ष ८७ नयाँ बिओपी स्थापना भइसकेको जानकारी दिनु भयो । भारत र चीन दुवै देशसँग सिमाना जोडिएको वागमती प्रदेशको अलग र विशेष महत्व रहेको र सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको उहाले बताउनु भयो ।
भारत र चीन दुवै देशसँग सीमाना जोडिएको यस बागमती प्रदेशको अलग र विशेष महत्व रहेको भन्दै उहाँले सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउनुभयो । राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यवसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन उहाँले निर्देशन दिनुभयो ।
बाहिनी उद्घाटनका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालले सीमा सुरक्षालाई मजबुद बनाउँदै अघि बढ्ने बताउनुभयो । उहाँले देशका सीमानामा बीओपी स्थापना गर्दै लगिएको जानकारी दिनुभयो । बीओपीको संख्या ५०० पु¥याउने उहाँको भनाई थियो ।
कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले बाहिनीको बारेमा जानकारी गराउनु भएको थियो । सो बाहिनी बि.सं. २०७५ साल भाद्र ६ गते स्थापना भएको हो । यसले राजधानीका तीन जिल्ला बाहेक बागमती प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।

पार्टी फुट्दैन अझ बलियो भएर जान्छ
गृहमन्त्री थापाले पार्टी नफुट्ने अझ सुदृढ बलियो भएर जाने बताउनु भयो । भरतपुर विमान स्थलमा पत्रकारसंग बिहान कुराकानी गर्दै पार्टीमा देखिएको केही विवादहरु स्थायी कमिटीको वैठकले समाधान निकाल्ने तर पार्टी नफ्ट्ने दावी गर्नु भयो ।
सचिवालय सदस्य रहेनु भएका थापाले पार्टीको अहिलेको विवादलाई स्वभाविक रुपमा लिन आग्रह गर्नु भयो । ‘स्थायी कमिटीको बहसले निकास निकाल्छ, सरकार र पार्टीलाई अझै बढी सुदृढ बनाउने काम हुन्छ’ नेता बादलले भन्नु भयोे । राजावादीहरुको आन्दोलनलाई उहाले मृगतृष्णा मात्रै भएको बताउनु भयो । ‘सरकारलाई उल्ट्याउने र व्यवस्थालाई विस्थापित गर्ने सपना देखेका छन्, त्यो पूरा हुन सक्दैन’ गृहमन्त्री थापाले भन्नु भयो ।
यस्तै गरी गृहमन्त्री थापा भरतपुर महानगरपालिको वागेश्वरी आइसोलेशन केन्द्रमा अवलोकन गर्नु भएको छ । कोरोना संक्रमितलाई प्रकृतिक पद्तीबाट उपचारको लागि राखिएको केन्द्रमा अवलोकनका क्रममा उहाले सरकारले जनताको स्वास्थ्य र सुरक्षाको विषयमा सम्वेदनशील भएर काम गरेको बताउनु भयो । पहिलो प्राथमिकता स्वास्थ्य अनि मात्र अन्य कामलाई प्राथमिकता दिएको जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट