चितवन २२ मंसिर । भरतपुर महानगरपालिका भित्र विपत जोखिमबाट कसरी स्थानीयलाई बचाउन सकिन्छ भनेर कृतिम अभ्यास गराईएको छ ।
युरोपीएन यूनियनको मानवीय सहायता र आर्थिक सहयोगमा यूएन डिपी र भरतपुर महानगरपालिकामा सञ्चालित शहरी विपत जोखिम न्यूनिकरण परीयोजना अन्र्तगत वडा तहमा भूकम्प तथा आगोलागि सम्वन्धी कृतिम घटना अभ्यास कार्यक्रम गरिएको हो ।
सो अवसरमा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एवं भरतपुर महानगरपालिकाका सुचना अधिकारी अरुण पिडीत भण्डारीले शहरी क्षेत्रमा आगोलागि र भूकम्पको जोखिम रहेको भन्दै यस्ता तालिमले स्थानीयलाई विपतसंग लड्न सहयोग पुग्ने बताउनु भयो ।
त्यसैगरी वडा नम्बर २ का वडा अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले पढेरभन्दा परेर सिकीने भन्दै यस्ता कृतिम अभ्यासले स्थानीयलाई विपतसंग लड्न सिकाएको बताउनु भयो । उहाले विपतसंग लड्नका लागि स्रोत साधनको खाचो रहेको बताउनु भयो । आगोलागी र भूकम्प जस्ता विपतहरुबाट वडावासीलाई लड्नका लागि वडाले छिटै नया कार्यक्रम ल्याउने समेत अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा फरवार्ड नेपालका कार्यक्रम संयोजक ऋषिकेश ढकालले महानगरमा विपतको खाडल रहेको बताउनु भयो । उहाले महानगरको विपतलाई सहयोग गर्ने उदेश्यले वडा तहमा आगलागि तथा भूकम्प सुरक्षा सम्बन्धी कृत्रीम घटना अभ्यास गराईएको बताउनु भयो । विपतमा सहयोगका लागि स्थानिय नै जुट्नु पर्ने भन्दै स्थानियलाई कृतिम घटना अभ्यास गराएर विपतसंग लड्न तयार पार्न लागिएको बताउनु भयो ।
सो अवसरमा नेपाल रेडक्र सोसाईटी चितवनका सदस्य एवं जिल्ला विपत व्यवस्थापन समिति संयोजक महेश्वर थपलीयाले भूक्म्प र आगोलागिमा परेका व्यक्तिहरुलाई कसरी आफु जोगिएर अरुलाई उद्धार गर्न सकिन्छ भन्ने विषयमा कृतिम अभ्यास गराउनु भएको थियो ।
कार्यक्रममा यूएन डिपीकी अञ्जना शर्मा सामाजिक कार्यकता मञ्जु रेग्मी रशु थकाली लगाएतको सहभागिता रहेको थियो । वडा नम्बर २ र वडा नम्वर १० मा गरिएको कार्यक्रममा स्थायिनहरुको सहभागिता रहेको थियो ।
