राज्य प्रत्येक नागरिकको स्वास्थ्य प्रति जिम्मेवार छ : स्वास्थ्य मन्त्री ढकाल

चितवन समाचार डकटम
चितवन, १६ मंसिर । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्य प्रति सरकार जिम्मेवार भएर काम गरेको बताउनु भएको छ ।
भरतपुर महानगरपालिकाको वागेश्वरी आइसोलेशन केन्द्रको मंगलबार निरीक्षण पश्चात उहाले हरेक नागरिकको स्वास्थ्यका विषयमा सरकारले ध्यान दिइरहेको बताउनु भयो । ‘ राज्य अभिभावक हो जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर सरकारले काम गर्दै आएको छ ’ उहाले भन्नु भयो ‘विकासलाई दुइ वर्ष पछि धकलेर भएर पनि महामारी रोगको शिकार भएका जनतालाई बचाएर मात्र अन्य काम गर्नेछ ।’
सरकारले जनताको स्वास्थ्यका विषयमा सम्झौता गर्ने छैन जनता बचाएर मात्र विकासका काम गर्ने छ मन्त्री ढकालले भन्नु भयो । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको योगी नरहरि प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेशन केन्द्रको अवलोकन पछि उहाले कोरोना रोगलाई पररास्त गर्न प्राकृतिक पद्धतीले मद्दत गर्नेमा जोड दिनु भयो । यो रोगको कुनै औषधि पत्ता लागेको अवस्था नभएपनि नेपालमा प्राकृतिक उपचार पद्दतीले महामारी रोग संग लड्नलाई भने मद्दत गरेको आफूले पाएको जानकारी दिनु भयो ।
अहिले नौ वटा देशले कोभिड १९ कोरोना रोग विरुद्धको खोपका विषयमा अनुसन्धान गर्दै आइरहेको छ । नेपालले भने ती मध्य सात वटा देशलाई पत्राचार गरेर खोप पत्ता लाग्ने वितिकै नेपालमा दिनु पर्छ भनी जानकारी गराएको बताउनु भयो ।
विश्व स्वास्थ्य संगठनले खोपको आधिकारिक जानकारी गराएपछि नेपालमा आउने बताउनु भयो । स्वास्थ्य संगठनका अनुसार १४ वर्ष भन्दा मुनीकालाई खोप लगाउन नमिल्ने भएकाले ७२ प्रतिशत जनतालाई पुग्ने गरी भ्याक्सिन ल्याउने प्रकृयामा सरकारले अहिले काम गरिराखेको जानकारी दिनु भयो ।
मन्त्री ढकालले कोरोना रोगका विरुद्ध लड्नको लागि सबै भन्दा पहिला आत्मबल दरो बनाउनु पर्नेमा जोड दिनु भयो । रोग लाग्यो भनेर डराएर बस्ने भन्दा आत्मबल दरो बनाएर बसेमा रोगसंग लड्न सकिने मन्त्री ढकालको भनाइ छ । आधारभुत कुरा नै आत्मबल भएकाले त्यसपछि गरेको उपचारले निको हुने सुझाव दिनु भयो ।
पालिकामा स्थापना भएका आइसोलेशन प्रदेश र पालिकाले सञ्चालन गर्दै आएको र नीतिगत कार्य केन्द्र सरकारले गर्ने जानकारी दिनु भयो । संक्रमित व्यक्तिलाई सरकारले उपचार गर्ने भएकाले नआत्तिन अनुरोध गर्नु भयो । उहाले आइसोलेशनमा वसेका त्यहा बस्न अनुकल नभएकालाई होटलमा राख्ने, जटिल भए अस्पतालमा राखेर भएपनि सम्पूर्ण उपचार खर्च राज्यले गर्दै आएको जानकारी दिनु भयो ।
पोजेटिभ भएका तर अवस्था सामान्य भएकाहरुले होम आइसोलेशमा वसेर नागरिकले सहयोग गरेका भन्दै धन्यवाद दिनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संक्रमित नागरिकको स्वास्थ्यका विषयमा सचेत भएर उपचार गर्दै आएको जानकारी दिनु भयो ।

वागेश्वरी आइसोलेनमा अहिलेसम्म उपचाररत विरामी सबैलाई निको भएर घर फर्केको अस्पतालका प्रमुख डाक्टर होराज कोइरालाले जानकारी दिनु भयो । अहिले पनि त्यही संक्रमितहरु उपचाररत हुनुहुन्छ ।

शेयर गरौ

ताजा अपडेट