मंसिर १६ गते पुन बस्ने गरि नेकपाको सचिवालय बैठक सम्पन्न

काठमाडौं, १३ मंसिर । लामो समयपछि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ ।

मंसिर १६ गते दिउँसो १ बजे पुनः बस्नेगरी आजको बैठक सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विषयमा उठेका विषयहरुमा जवाफसहितको राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

ओलीले आफूविरुद्ध लगाइएका आरोपहरुको प्रतिवाद गर्दै बैठकमा प्रतिवेदन पेश गरेको बताइएको छ ।

शेयर गरौ

ताजा अपडेट