चितवन १३ मंसिर । कृषि मन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीसङ्गको सम्बन्ध राम्रो नभए सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको अगुवा कार्यकर्तालाई शनिबार सम्वोधन गर्दैै उहाले पार्टी भित्र भएको किचलोको कारण सरकारले राम्रो काम गर्न नसकेको बताउनु भयो । उहाले भन्नु भयो ‘गत मंसिर ४ गते सचिवालय वैठकले पार्टीलाई अध्यक्ष प्रचण्डले नेतृत्व गर्ने र सरकार अध्यक्ष केपी ओलीले पाँच वर्ष चलाउने भनेर मात्र म मन्त्री भएको हो ।’ पार्टी भित्रको समस्या समाधान भयो भन्ने लागेर मन्त्री भए तर अवस्था अहिलेपनि उस्तै छ उहाले भन्नु भयो ।
पार्टी भित्रको समस्या समाधान भएको छ भन्ने लागेर प्रधानमन्त्री ज्युले मन्त्री बन्नु प¥यो भनेपछि कृषि मन्त्रालय सम्हालेको हो अहिलेकै जसरी पार्टी सञ्चालन हुन्छ भन्ने लागेको थिएन ।
‘अहिलेको अवस्था जस्तै पार्टी र सरकार बिचको किचलो रहेमा समाजवाद तर्फ मुलकलाई लैजान सक्दैनौ’ उहाले भन्नु भयो । पार्टी आफै राम्ररी संगठित भएर त्यो पार्टीले निर्देशन गरेको दिसामा सरकार हिडेन भने त्यसले समृद्धि समाजवाद ल्याउन सक्दैन कामचलाउ काम मात्र गर्दछ मन्त्री भुसालले भन्नु भयो ।
‘हामीले साढे दुइवर्ष किचलोका बिच वितायौ अब पार्टी र सरकार बिचको सम्वन्ध सुमधुर भएर गयो भने बाँकी रहेको समयमा धेरै काम गर्न सक्दछौ मन्त्री भुसालले ’ भन्नु भयो । राम्रोसंग काम गर्ने हो भने बाँकी रहेको समय प्रयाप्त छ हामीले जनचाहना वमोजिमका कामहरु गर्न सक्दछौ तर पार्टी र सरकार बिचको सम्वन्ध सुमधुर हुनु पर्दछ उहाले भन्नु भयो ।
पार्टी बिचको गुटवन्धीको अन्त्य नगरेसम्म सरकारले काम गर्न सक्दैन उहाले भन्नु भयो ‘अब यो या त्यो समुहको भन्दै गुटवन्दी नगरी पार्टी हितमा लाग्नको लागि सबैलाई आग्रह गर्नु भयो ।’
कृषि क्षेत्रलाई प्रयाप्त बजेट नछुट्याएको कारणले काम गर्न नसकेको मन्त्री भुसालले चिन्ता व्यक्त गर्नु भयो । उहाले भन्नु भयो ‘६० प्रतिशत जनता कृषि पेशामा आवद्ध छन्, जसले २७ प्रतिशत योगदान राष्ट्रिय आयमा गर्दछ, त्यसलाई २.५ प्रतिशत बजेट राखेर भारत र चीनसंग हामीले प्रतिश्पर्धा गर्न सक्दैनौ ।’ छिमेकी मुलकुको कृषिमा सरकारले गरेको संरक्षणमा हामी पुग्न सक्दैनौ उहाले भन्नु भयो यही भएर हामीले यो विषयमा गएको बजेटमा समेट्न प्रयास गरेका थियौ तर सकेनौ । मन्त्रीले पनि कर्मचारीले जस्तै काम गर्ने हो भने जनताले र पार्टीले सोचेको अनुसार प्रगती गर्न सक्दैनौ । अहिले मन्त्री भएर जे काम गरेको छु त्यो सन्तुष्ट छु तर कृषि मन्त्रालयले गर्ने प्रगती यतीले पुग्दैन हामीले धेरै काम गर्न सक्नु पर्दछ ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण प्रसाद खनाल, नेकपा जिल्ला अध्यन यमबहादुर परियारले पार्टीको समसामयिक विषयमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रम जिल्ला सचीव कृष्णभक्त पोखरेलले सन्चालन गर्नु भएको थियो ।
