चितवन, ६ मंसिर । चितवनको राप्ती नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा होहल्ला र नाराबाजी भएको छ ।
कार्यक्रममा आएका नेकपाकै केही कार्यकर्ताले नारावाजी गरेका थिए । चितवनमा शनिबार राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला होहल्ला र नाराबाजी भएको नेता पाण्डेले बताउनुभयो ।
‘मैले मन्तव्य राख्नेक्रममा पुष्पलाल होस् या मदन भण्डारीको नाममा, कुनै पनि फाउन्डेसनहरु नबनाउने, त्यसले पार्टीभित्र गुटबन्दीको आधार बन्यो भन्ने कार्यदलका सबैको साझा कुरा हो भन्ने कुरा राखें । यो कुरा हामीले दस्ताबेजमा लेख्यौं, स्थायी कमिटीले निर्णय ग¥यो र यो अहिले सर्कुलर पनि भइसकेको छ । उनीहरु होहल्ला र नाराबाजी गर्नथाले ’ पाण्डेले भन्नुभयो ।
नाराबाजीमा केदार आचार्य, सुरज थपलिया, प्रकाश कालाखेती लगायत सम्लग्न देखिएको पाण्डेले बताउनुभयो । उनी राप्ती नगर प्रमुख प्रभा बरालसंगै कार्यक्रम स्थलमा छिरेका पाण्डेले बताउनुभयो ।
उनीहरुले नेता पाण्डेले गुटवन्दी गरेको आरोप लगाएका थिए ।
उनीहरुले जबज जिन्दाबाद, केपी ओली जिन्दाबाद, लगायतका नारा लगाएका थिए । होहल्ला भएपछि कार्यक्रममा बोल्ने सत्र समापन गरिएको थियो ।
यस घटनालाई लिएर नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले आपत्ती जनाउनुभएको छ । उहाँहरुले पाण्डेमाथि भएको घटना सुनियोजित र गम्भीर भएको बताउनुभएको छ ।
नेता खनालद्धारा जारी बकतव्यमा भनिएको छ ,
विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टी स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क. सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ ।
कार्यक्रममा आफ्ना भनाइहरू राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले स गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैर–जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु ।
कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराउँछु ।
यसैबिच नेकपा राप्ती नगरकमिटिका अध्यक्ष इमानसिंह लामा र सचिव रामचन्द्र पाठकले एक बिज्ञप्ती जारी गरी घटनामा संलग्नलाई कार्वाही गर्न जिल्ला कमिटिमा सिफारिस गरिएको जनाउनुभएको छ ।
नेता पाण्डे माथी भएको दुर्ववहारको चौतर्फी आलोचना भएको छ । दुर्ववहारमा सहभागीहरुलाइ कार्वाहीको माग गरिएको छ ।