काठमाडौं, २८ कार्तिक । लामो रस्साकस्सीपछि आज (शुक्रबार) बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक आधा घण्टामै सकिएको छ ।
सचिवालयका नौं जना नै सदस्य उपस्थित थिए । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल बामदेव गौतम, विष्णु पौडेल, इश्वर पोखरेल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी भए ।
वैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन तयार पेस गरेका छन् ।
शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव सबै सदस्यलाई दिइएको छ । बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको छ । अर्को बैठक मंसिर ३ गते बस्ने बताइएको छ ।