पुर्वअर्थमन्त्री पाण्डेद्वारा दुई नगरपालिकालाइ कीट सहयोग

 

चितवन २८ कार्तिक । पुर्व अर्थमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले दुई नगरपालिकाको लागि पाँच सय थान पीसीआर कीट सहयोग गर्नु भएको छ ।
पुर्वी चितवनको खैरहनी र रत्ननगर नगरपालिकाको स्थानियलाइ हुने गरि कोरोना परिक्षणका लागि आवश्यक पर्ने पिसिआर कीट सहयोग गर्नु भएको हो । चितवनको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभ सदस्य समेत रहनु भएक नेता पाण्डेले पठाइदिनु भएको कीट खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीलाई नेकपा जिल्ला इन्चार्ज तथा प्रदेश सभा सदस्य कृष्ण खनालले हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा नेता खनालले जनताको स्वास्थ्य उपचारमा नेकपा पार्टी गम्भीर भएर लागेको बताउनु भयो । यस अगाडि पनि माननीय पाण्डेले लकडाउनको समयमा स्वास्थ्य सामग्री सहयोग गर्नु भएको, उपचारमा समस्या भएकालाई सहयोग गर्दै आएको जानकारी दिनु भयो । अहिले कोरोना संक्रमणको अवस्थामा पनि आफनो निर्वाचन क्षेत्रमा विकास निर्माणको विषयमा ध्यान दिएर काम गरेको बताउनु भयो । आउदा दिनमा पनि जनताको सेवामा आफू र आफनो पार्टी लागिरहने जानकारी दिनु भयो ।
हस्तान्तरण कार्यक्रममा नेकपा सचिवालय सदस्य एव रत्ननगर इन्चार्ज कुलप्रसाद लामिछाने, जिल्ला सदस्य कुलप्रसाद भुसाल , रामेश्वर पोख्रेल , झगरु चौधरी , केसव कडेल , नगर सचिव छत्रनाथ सुवेदी , अनेरास्ववियु चितवनको नेता केसव रेग्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा माननीय कृष्ण खनालले नेता पाण्डेले कीट पठाउनु भएकोमा धन्यवाद र नगरसभालाइ तिहार छठ लगायत पर्वको शुभकामना व्यक्त गर्नु भयो ।

शेयर गरौ

ताजा अपडेट