अमेरिकाको आत्मालाई पुनस्थापना गर्दछु

बाेस्टन, २३  अमेरिका । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक गृह राज्य डेलावेरमा नेपाली समय अनुसार, आइतवार बिहान जीवनकै सर्वाधिक महत्वपूर्ण सम्धबाेन गर्र्र्दै विशाल सभामा जो वाइडेनले अमेरिकाको आत्मालाई पुनस्र्थापना गर्ने बताउनुभएको छ । उहाँले आफूलाई यो विशाल देशको नेतृत्व गर्न जिम्मा दिएकोमा मतदातालाई विशेष धन्यवाद दिँदै आफू यसका लगि ऋणी रहेको बताउनुभयो ।
वाइडेन शनिवार राति राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० भन्दा बढी इलेक्टोरल मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँसँगै कमला ह्यारिस उपराष्ट्रपति निर्वाचित हुनुभएको छ ।
सभालाई सम्वोधन गर्र्दै ७८ वर्षीय वाइडेनले आफूलाई मत दिने र नदिने सबैका लागि समानरुपले काम गर्ने विश्वास व्यक्त गर्र्दै अमेरिकालाई समुन्नत राष्ट्र बनाउन सकिन्छ र यसका लागि विविध आस्था, जाति, धर्म, लिंगको भेद नगरी आफूले पहिलो दिनदेखि नै कडा परिश्रमका साथ काम गर्दछु भन्नुभयो ।
वाइडेनले सबैको सहयोगले यो उपलब्धि हासिल भएको जनाउँदै ध्रुवीकृत हुँदै गएको अमेरिकन राजनीतिलाई मूल बाटोमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो रिपब्लिकन पार्टी रहस्यमयी शक्ति होइन, उसलाई समन्वय र सहयोग गरेर मूलधारमा ल्याउन सकिन्छ, तिनीहरु शत्रु होइनन्, तिनीहरु अमेरिकन हुन् । वाइडेनले अमेरिका विश्वका मानिसका लागि आशाको केन्द्र हो र यसका असीमित संभावना छन् भन्नुभयो ।
त्यसैगरी उपराष्ट्रपतिमा निर्वाचित ५६ वर्षीया कमला ह्यारिसले प्रजातन्त्र राज्य होइन, कार्यान्वयन हो भन्दै उहाँले प्रजातन्त्रमा सबैको आवाजको सुनुवाइ हुन्छ भन्नुभयो । उहाँले जनतामा देश उज्यालो बनाउने शक्ति छ भन्दै अमेरिका सम्भावनाहरुको देश हो, यसका असीमित समस्या छन् र यी सबै काम गर्न गारो छ तर हामी तयार छौँ भन्नुभयो ।
सम्धबाेनका क्रममा ठूलो आतशबाजी भएको थियो । मानिसहरु निकै उत्साहित थिए । विभिन्न पहिरन, भेष र भूषामा उपस्थित सयौँ जनताले वाइडेनको आगमनमा खुसियाली र सडकमा नाचगानमा गरेका थिए ।  गोरखापत्र बााट

शेयर गरौ

ताजा अपडेट