चितवनमा थप एक जना कोरोना सन्क्रमितको मृत्यु

चितवन ११ कार्तिक ।  चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको (सोमबार) गयराति ९ः३५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनु भयो।

कार्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए । उहामा कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुष लामो समयदेखि मुटु र मिर्गौला रागको उपचार गराइरहेका थिए ।

अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार गरिएको थियो ।

ताजा अपडेट