दशैको टीकाकै दिन थप २५२ जना नयाँ संक्रमित : चार जनाको निधन

पोखरा १० कात्तिक । गण्डकी प्रदेशमा दशैको टीकाकै दिन थप २५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरा तथा भरतपुर अस्पताल चितवनमा भएको स्वाव परीक्षणकोको क्रममा २५२ संक्रमित पहिचान भएका हुन भने चार जनाको निधन भएको छ ।
स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पोखरा महानरपालिकाकामा १०१, नवपरासी पुर्वमा ९८, तनहुँमा २६, लम्जुङमा ५, बागलुङमा १७, गोरखामा ४ र स्याङजामा १ संक्रमित थपिएका हुन । नयाँ संक्रमित सबै संक्रमित सम्पर्कमा रहेको हुँदा स्वास्थ्य परीक्षण गरिएको थियो । गण्डकीमा कुल संक्रमितको संख्या ६ हजार ६१० पुगेको छ ।
नवलपरासी पूर्व गैडाकोट–५ का ७३ बर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आइतबार राती, नवलपारासी कावासोती–२ का ७७ बर्षीय पुरुषको सोमबार विहान साढे २ बजे मध्य विन्दु अस्पताल नवलपारासी र पोखरा महानगरपालिका–१५ का ७८ बर्षीय कोरोना संक्रमित महिलाको आइतबार राती चरक मेमोरियल अस्पतालमा पोखरा र पोखरा महानगरपालिका–५ का ५५ बर्षीय पुरुषको स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन कक्षमा उपचारको क्रममास्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोद विन्दु शर्माका जानकारी दिनुभयो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । मृतक सबैको सव व्यवस्थापनको तयारी भैरहेको उहाँले बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट