चितवन,६ कार्तिक । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई कोरोना (कोभिड १९) संक्रमण भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बिहिवार उहाँलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उहाँलाई सामान्य लक्षण देखिएको छ । उहाँ भरतपुर स्थित आफ्नै निवासमा आइसोलेसनमा बस्नुभएको छ । कोभिड संक्रमणको सुरुवातदेखि नै उहाँ अग्रपंतीमा रहेर नागरिकको उपचारमा खटिनुभएको थियो । कोरोना संक्रमण भए पनि अहिले कुनै समस्या नभएको अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिनु भयो ।