चेपाङ परिवारलाई कम्मल र म्याट वितरण

 

माडी ५ कार्तिक। गैर आवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तुल्सीराम खरेल (सुरज परिवार) को तर्फबाट माडी नगरपालिका वडा नं ८ शिवद्वारको नदी किनारमा बसोवास गरेका सुकुम्बासी ३६ चेपाङ परिवारलाई कम्मल र म्याट वितरण गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं ४ स्थायी घर भई हाल जापानमा व्यवसाय गरिरहनुभएका समाजसेवी खरेल( सुरज परिवार) ले चिसो बढेर बस्तीमा समस्या परेको जानकारी पाएपछि म्याट र कम्मल वितरण गर्ने व्यवस्था मिलाउनु भएको हो ।

कम्मल र म्याट वितरण गर्दै माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले सुकुम्बासी चेपाङ समुदायका सुकुम्बासीहरुलाई सहयोग गर्ने तुल्सीराम खरेल( सुरज परिवार) लाई धन्यवाद दिनुभयो ।

यसअघि पनि तुलसीराम खरेल ( सुरज परिवार) को तर्फबाट सोही बस्तीमा खाद्यान्न,झुल,तन्ना, विद्यार्थीहरुका लागि पोशाक र स्टेशनरी सामान वितरण गर्नु भएको थियो ।

कम्मल र म्याट वितरण कार्यक्रममा नेकपाका युवा नेता तथा लायन्स क्लव अफ माडी ग्रीनका अध्यक्ष श्रीप्रसाद दवाडी, मिरालक प्रालि स्याउलीबासका सञ्चालक दामोदर देवकोटा,नेकपा माडी नगर कमिटी सदस्य रामेश्वर चौधरी वडा सदस्य सोममाया पुन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सुकबहादुर चेपाङले विपत्तिको बेलामा सुकुम्बासी चेपाङ बालबालिकालाई सहयोग गर्ने सहयोगी तुल्सीराम खरेल( सुरज परिवार)प्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो ।

वितरणको समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट