अर्यालको संयोजकत्वमा सचेत नेपाली पार्टी चितवन जिल्ला गठन

चितवन १ कात्तिक । राजु अर्यालको संयोजकत्वमा सचेत नेपाली पार्टी चितवन जिल्ला गठन भएको छ ।
चितवनको भरतपुरमा भएको एक भेलाले अर्यालको संयोजकत्वमा जिल्ला पार्टी गठन भएको हो । जिल्लाको प्रवक्तामा सन्तोष थापा रहेका छन् । केन्द्रीय अध्यक्षमा पुयण्प्रसाद प्रसाइ रहेका छन् । देशभरी एक लाख २० हजार पार्टी सदस्य रहेको जिल्ला संयोजक अर्यालले जानकारी दिनु भयो ।
जिल्ला गठनपछि पार्टीमा आवद्ध ह्ुनको लागि युवाहरुको आकर्षण वृद्धि भएको उहाले जानकारी दिनु भयो । क्रियाशील ठुला पार्टीले जन अपेक्षा काम गर्न नसकेको, ठुलो पार्टीले सञ्चालन गरेको सरकारले काम गर्न नसकेको, जनताको विश्वास गुमाउदै गएको, भ्रष्टाचार अन्त्य हुनु भन्दा वृद्धि हुदै गएको, सुसान कायम गर्न नसकेको, विकासको कामले गती लिन नसकेकाले सचेत नेपाली पार्टीमा जनताको आकर्षण वढेको दावी गरेका छन् ।
पार्टीले छिट्टै आफ्ना गतिविधि जनता माझ लैजाने तयारी रहेको जिल्ला संयोजक अर्यालले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट