अख्तियारका आयुक्तमाथि नै भ्रष्टाचारको अभियोग, पदबाट राजीनामा

काठमाडौं ३ फागुन ।

घुस लिने विरुद्ध कार्बाही गर्ने निकायका आयुक्तनै भ्रष्टाचारको अभियोगमा लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिनु भएको छ । घुस लिएको प्रमाण सार्वजनिक भएपछि उहाले राजीनामा दिनु भएको हो । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाउन एउटा पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि उहाँ माथि महाअभियोग लगाउने तयारी रहेको थियो ।

महाअभियोग लगाउनु पूर्व नै आयुक्त पाठकले राजीनामा दिनु भयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महाअभियोग लगाउने तयारी गरिसकेको थियो । तर, महाअभियोग नलाग्दै उनले राजीनामाको बाटो रोजे । तर, भ्रष्टाचार जस्तो जघन्य विषयमा महाअभियोग वा राजिनामालाई भ्रष्टाचारी उम्कने बाटो बन्न दिन नहुने आम नेपालीको भनाइ छ ।

आयुक्तको सूचीबाट नाम हटाइयो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको नाम आयुक्तको सूचीबाट हटाइएको छ ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालले पाठकलाई आयुक्तको सूचीबाट हटाइएको जानकारी दिनुभयो । आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिनुभएको थियो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगका आयुक्त पाठकले आजदेखि लागू हुने गरी राजीनामा दिनुभएको जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट