सम्पर्क   |  हाम्रो बारेमा  |    |    |  Preeti to Unicode
    • गृहपृष्ठ
    • राजनीति
    • स्थानीय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • देश
    • अर्थ
    • प्रवास
    • कला
    • अन्तराष्ट्रिय
    • खेल
    • विचार/अन्तर्वार्ता
    • विज्ञान/प्रविधि
    • पत्रपत्रिका
    • अन्य
      • शिक्षा
      • लोकसेवा / अवसर
      • यौन / स्वास्थ्य
      • पर्यटन
      • रोचक संसार

पिताजी काे अवशान र अन्त्यष्टि

  • पोषराज पौडेल | २८ आश्विन २०७७, बुधबार ०६:२४ |                      
  • पोषराज पौडेल, प्रगतिशील लेखक ।
    समय बलवान् छ।समयकाेगतिसँगै जीवनकाे गति शुरुहुन्छ र अन्त्य पनि।मेराे ९४बर्षकाे पिताजी यही मिति २०७७ अाश्विन ३गते हामी उहाँका ७१ जना सन्ततीलाई छाडेर यस धर्तीबाट बिदा लिनुभएछ।हामी बुढाबुढी पाेखरामा बस्थ्यौँ। भाइ भीमले राति  दशबजे फाेन गरेर भने-दाइ, पिताजीले देह त्यग्नुभयाे।तपाइँहरू भाेलि छिटै अाउनु पर्याे। अकस्मात् यस्ताे दुखद खबरले हामी स्तब्ध भयौँ।पिताजीमा कुनै राेग थिएन।बेलुका खान खाए पछि पिताजी ढल्नुभएछ।बेहाेशी अबस्थामै उहाँकाे प्राणपखेरु उडेछ।तिनदिन अगाडि मैले फाेन गर्दा पिताजीले भन्नुभएकाेथियाे-तिमी चाँडै अाऊ। मलाई देख्नमनलागेकाे समय बलवान् छ।समयकाेगतिसँगै जीवनकाे गति; शुरुहुन्छ र अन्त्य पनि।मेराे ९४बर्षकाे पिताजी यही मिति २०७७ अाश्विन ३गते हामी उहाँका ७१ जना सन्ततीलाई छाडेर यस धर्तीबाट बिदा लिनुभएछ।हामी बुढाबुढी पाेखरामा बस्थ्यौँ। भाइ भीमले राति दशबजे फाेन गरेर भने-दाइ, पिताजीले देह त्यग्नुभयाे।तपाइँहरू भाेलि छिटै अाउनु पर्याे। अकस्मात् यस्ताे दुखद खबरले हामी स्तब्ध भयौँ।पिताजीमा कुनै राेग थिएन।बेलुका खान खाए पछि पिताजी ढल्नुभएछ।बेहाेशी अबस्थामै उहाँकाे प्राणपखेरु उडेछ।तिनदिन अगाडि मैले फाेन गर्दा पिताजीले भन्नुभएकाेथियाे-तिमी चाँडै अाऊ। मलाई देख्नमनलागेकाे छ।मैले भनेकाे थिएँ- पिताजी! लक डउन खुलेपछि म तुरुन्त अाइहाल्छु।म पनि हजुरकाे दर्शन गर्न अतुर छु। मलाई ऐले लाग्छ- कतै पिनताजीलाई मृत्युकाे अाभास भएकाे त थिएन?हामी पाेखरा २२ विश्व शान्ति स्तूप निकट बस्थ्यौँ।त्यहाँ हाम्रा। अाफन्तहरू छन्।पिताजी कान्छाेभाइसँग चितवन,भरतपुर ११ बसेनीमा बस्नुहुन्थ्छ।मैले भनेकाे थिएँ- पिताजी! लक डउन खुलेपछि म तुरुन्त अाइहाल्छु।म पनि हजुरकाे दर्शन गर्न अतुर छु। मलाई ऐले लाग्छ- कतै पिनताजीलाई मृत्युकाे अाभास भएकाे त थिएन?हामी पाेखरा २२ विश्व शान्ति स्तूप निकट बस्थ्यौँ।त्यहाँ हाम्रा। अाफन्तहरू छन्।पिताजी कान्छाेभाइसँग चितवन,भरतपुर ११ बसेनीमा बस्नुहुन्थ्याे।
    अब यस्ताे काेराेनाकाे महामारीकाे बेला कसरी जाने । र।ती माइली सालीका जेठा छाेरा रमेशलाई फाेन गरेँ।उनी तत्काल हामी भएकाे ठाउँमा पुगे। कान्छी छाेरी र ज्वाइँलाई पाेखरा फाेन गरियाे।कतै साधनकाे व्यवस्ता हुन सकेन। पछि मैले झलक्क मेरा मित्र राजु क्षेत्रीलाई सम्झें(उनी जनयुद्ध कालमा गजुरी जेल ब्रेकर मद्धेका एक हुन्) र फाेन गरेर सबै कुरा भनें।उनले भने- हुन्छ सर, तपाइँहरूलाई चितवन म पुर्याउँला।भाेलि बिहान पाँच बजे मकहाँ अाउनुहाेला।मित्रकाे अाश्वासनले म पुलकित भएँ। चार गते बिहान हामी उनकाे घरमा पुग्यौं र छ बजेतिर चितवन प्रस्थान गर्यौ।अफ्टेराे बेलामा जसले सहयाेग गर्छ त्यही नै परम मित्र हुनसक्द छ। हामी अत्यन्त सहज ढङ्ले बिहान दस बजे चितवन पुग्यौँ
    हामी पुग्दा माईलाे भाइ यमनाथ र कान्छाे भाइ भीमराज परम्परागत ढङ्गले कपाल काटेर,सेता कपडा पहिरिएर बसेका रहेछन्।बैनीहरू-दुर्गा,पार्वती सरस्वती तथा बुहारीहरू सीता र जुना पनि तेह्रै दिन क्रिया गर्ने ढङ्गले बसेकाथिए। मेरी श्रीमती पनि पछि बुहारीहरूसँगै सामेल भइन्। मैले उनलाइ कुनै दबाब दिइन।।पिताजीकाे शव तुलसाकाे मठनेर सुताइएकाे थियाे र मुख खुला थियाे।उहाँकाे अनुहार भर्भराउदाे थियाे र अाँखा चिम्लिएका थिए।पिताजीकाे अनुहार देख्ने बित्तिकै म भाव विह्वल हुन पुगेँ। मेराे मानसपटलमा विगत अाएर नाच्नथाल्याे
    पिताजी नौ  बर्षमै टुहुराे भएर अनेक गाेता,हण्डर,दुःख झेल्नुभएकाेकुरा मैले हजुरअामाबाट थाहा पएकाे हुँ।हाम्राे सम्पदामाथि फटाहाहरूले रजाई गरेपछि हाम्राे परिवार विपन्न बन्नपुग्याे।पिताजी विदेशमा दरबान र कुल्ली बनेर हाम्राे प्राण रक्षा गर्नुभयाे। हामी चितवनकाे माडी झरेपछि जग्गा अबाद गर्दा शालका मूडा पाेल्नुभयाे।हलाे जात्नुभयाे,नाना कष्ट पार गर्नुभयाे।पिताजीले म बीस बर्षकाे हुदा सम्पूर्ण घरव्यबहार मलाई जिम्मा लगाई अाफु अविभावकभएर बस्नु भयाे।घरव्यबहार मैले नै जानी नजानी चलाएँ।अामा०४४सालमा बित्नु भएकाे ले पिताजी लगभग३४ बर्ष राँडाे जीवन बाँच्नुभयाे।कान्छाे भाइ भीमकाे बिबाह पछि हामी छुट्ट भिन्न भयौँ।पिताजी कान्छाे भाइसँग बस्नुभयाे । त्यसपछि घर व्यवहार कान्छी बुहारीले समालिन्।पिताजी सबैकाे अविभावक बन्नुभयाे।
    म पाेखराबाट भेट्न अाएकाे बेला पिताजी भन्नेगर्नु हुन्थ्याे-म मर्ने बेला भयाे,तिमी टाढा गएर बस्यौ।कति दु: ख पाएर मरिने हाे।कहिले अाउछौ? छिटै अाउ है।म भन्ने गर्थेँ-बा! हिँड्दा हिँड्दै सास जान्छ तपाइँकाे!किन कि, न तपाइँले कुनैे जालझेल,षडयन्त्र गर्नुभयाे।न तपाइँले कसैप्रति घात गर्नुभयाे।न कसैलाई ठग्नुभयाे। कसैलाई हाेचीअर्घेली पनि गर्नुभएन।नेपालका नेताले जस्ताे न राष्ट्रघात गर्नुभाे,न जनतालाई घाेका दिनुभाे अनि कसरी मर्ने बेलामा दुःख,कष्ट हुन्छ तपाइँलाई?मैले त्यसाे भन्दा पिताजी भन्नुहुन्थ्यो -हुन ता हाे मैले कसैला यी नेताले जस्ताे दुःख दिएकाे छैन।तथापि त्यस्ताे हाेला र?मैले भन्थेँ-हाे पिताजी ,त्यस्तै हुन्छ।तपाई हिंडदा हिंड्दै फ्यास्स जान्छ तपाइँको प्राण!मेरा धर्मात्मा पिताजीकाे प्राण मैले जसरी जान्छ भनेकाे थिएँ त्यसरी नै गयाे।कसैलाई केही दुःख नदिई हिंड्दा हिंड्दै। पिताजीकाे भर्भराउदाे अनुहार देखेर यी विगतका सम्झनाले म विक्षिप्त भएँ र पिताजीकाे छातीमा घप्लुक्क घाेप्टिएँ र मनका विषादहरू अाँखाबाट बगाएँ।मलाई थाहा थियाे मैले जति विलौना गरे पनि पिताजीकाे प्राण अब फर्केर अाउन्न तर हृदयकाे व्याकुलता अाँखाबाट बगाएपछि मन अलि शान्त हुँदाे रहेछ।पिताजीकाे मृत शरीरलाशई अब दाहसंस्कार गर्न ढिला गर्नुकाेे कुनै अर्थ थिएन।मैले पिताजीकाे छातीबाट मेराे शिर हटाएँ। चारैतिर हेरें।उपस्थित विशाल जनसमुदाय शान्त तलाउझैँ मौन खडाथिए।म उठेँ ।नजिकै बसेका पुराेहितले भने- ल अब कपाल काटौँ सर!मलाई पिताजीकाे मृत्युसँस्कारमा मार्क्सवादी संस्कार अनुसार पुरैअपनाउन नसकेपनि केही परिमार्जन गर्नुपर्छ भन्ने लागेकाेथियाे।
    मैले नेपालकाे जनवादी सांस्कृतिक अान्दाेलन, बिशेषगरी नेपाली जनताकाे मुक्ति र परिवर्तनकाे निम्ति चलाइकाे महान जनयुद्धकाे समयमा लगभग ३०वर्ष सर्वहारा सांस्कृतिक अान्दाेलनमा सक्दाे याेगदान गर्दै अाइरहेकाे छु।हिजाे जनताकाे विचमा जे भनियाे,जे गरियाे अाज त्यसकाे विपरित सामान्य परिमार्जन समेत नगरी परम्परागत ढङ्ले मृत्यु संस्कार गर्नु म अाफैप्रतिकाे बेईमानी हाे भन्ने मलाई लाग्याे। हाम्रा पूर्बजहरूले तात्कालिन अबस्थामा जुन १६ संस्कारकाे विकास गरेर समाजलाई डाेर्याए। त्यतिबेलाकाे सापेक्षतामा त्याे अाफैमा गलत थिएन।जटील अवश्य थियाे।किन कि उनीहरू प्रत्ययवादी थिए।परमात्मामा विश्वास गर्थे। परम्परागत मृत्युसंस्कारमा पनि पहिलेका जटिलताहरू फुस्किदै गए।सहजिकरण हुँदै यतिबेला मृत्यु संस्कार पाँचदिन गर्ने कि सात दिन गर्ने भन्ने बहस चलेकाे पनि सुनिदै अाएकाे छ तर नेपालमा वामपन्थी विचारकाे प्रबलता रहेर पनि परम्परागत चल्दै अाएका १६संस्कारका विकल्पमा कुनै वैज्ञानिक संस्कारकाे प्रतिपादन नहुनु र मृत्यु संस्कार लगायत अन्य चाडपर्वमा पनिअन्याेल देखापर्नु ज्यादै लज्जाकाे बिषय भएकाे छ।
    मृत्युसंस्कारमा पनि कम्युनिष्टहरूविच धेरै अन्याेल देखापर्दै अाएकाे छ।यसमा मैले दुई अति देखें।जुन अतिलाई जनताले पटक्कै स्वीकारगर्न सकेकाे देखिदैन।
    पहिलाे अति-मृतककाे दाहसंकार गरेपछि केही गर्न पर्दैन भनेर नेताहरूले भाषण गर्ने,पछि लुकेर क्रियाकर्म गर्ने
    दाेस्राे अति-मृतककाे दाहसंस्कार गरेपछि कपाल मुण्डन पनि नगर्ने, नयाँबस्त्र धारण पनि नगर्ने,छुवाछुुत पनि नबार्ने,सातदिनमा श्रद्धाञ्जली सभा गरेर मृत्युसंकार पुरागर्ने। यी दुबै अति जनताबाट स्वीकार्य भएका छैनन्।शक्तिकाे सामु नबाेलेका मात्र हुन्।मार्क्सवादी इतर जनताले बिराेध गर्नु स्वाभाविक भएपनि मार्क्सवादी समर्थक जनता पनि भित्रभित्रै मुर्मुरिएका छन्।जनताले कम्युनिष्टप्रति विश्वस्थ हुँदै भाेट त दिन्छन् तर अस्तिक र नास्ति काे भेद पर्गेल्न सक्दैनन्। यसलाई म कम्युनिष्ट नेताहरूकै वेइमानी भन्छु।किनकि जनताहरूलाई प्रशिक्षण गर्दा नास्तिकाे(ईश्वर छैन भनेर) प्रशिक्षण गर्ने अनि अाफै मन्दिर धाउने र ज्वाेतिषिकहाँ पुगेर चिना हेर्नलगाउने।नेताहरूकाे यस्ताे द्वैध चरित्रले त मार्क्सवादी दर्शनमा नै प्रश्न चिन्ह खडा गरिदिएकाे छ।
    मैले यी दुवै अतिकाे विचबाट मध्यमार्ग अवलम्बन गर्ने निधाे गरेर नजिकै मेराे प्रतिक्रिया कुरेर बसेका पुराेहितलाई भनें-पुराेहितजी घाटैमा गएर कपडा बदल्छु।अब शव उठाउने प्रकृया अगाडि बढाउनुहाेस्।पुराेहितले भने-शब उठाउदा र मैले नेपालकाे जनवादी सांस्कृतिक अान्दाेलन, बिशेषगरी नेपाली जनताकाे मुक्ति र परिवर्तनकाे निम्ति चलाइकाे महान जनयुद्धकाे समयमा लगभग ३०वर्ष सर्वहारा सांस्कृतिक अान्दाेलनमा सक्दाे याेगदान गर्दै अाइरहेकाे छु।हिजाे जनताकाे विचमा जे भनियाे,जे गरियाे अाज त्यसकाे विपरित सामान्य परिमार्जन समेत नगरी परम्परागत ढङ्ले मृत्यु संस्कार गर्नु म अाफैप्रतिकाे बेईमानी हाे भन्ने मलाई लाग्याे। हाम्रा पूर्बजहरूले तात्कालिन अबस्थामा जुन १६ संस्कारकाे विकास गरेर समाजलाई डाेर्याए। त्यतिबेलाकाे सापेक्षतामा त्याे अाफैमा गलत थिएन।जटील अवश्य थियाे।किन कि उनीहरू प्रत्ययवादी थिए।परमात्मामा विश्वास गर्थे। परम्परागत मृत्युसंस्कारमा पनि पहिलेका जटिलताहरू फुस्किदै गए।सहजिकरण हुँदै यतिबेला मृत्यु संस्कार पाँचदिन गर्ने कि सात दिन गर्ने भन्ने बहस चलेकाे पनि सुनिदै अाएकाे छ तर नेपालमा वामपन्थी विचारकाे प्रबलता रहेर पनि परम्परागत चल्दै अाएका १६संस्कारका विकल्पमा कुनै वैज्ञानिक संस्कारकाे प्रति विचमा पिण्ड दिनुपर्छ।पिण्ड जेठा छाेराले दिनू भनेकाे छ नि!मैले भने-छाेरा समान हुन्,जस्ले दिएपनि हुन्छ।भाइहरूले दिन्छन्। त्याे समयमा अरूकुरा गर्नु उचित थिएन।पुराेहितले शव उठाउने प्रकृया शुरूगरे।
    पिताजी काे शव लिएर हामी नारायणी किनारमा पुगियाे। पुनः पुराेहितले मलाई भने-ल सर,अब कपडा बदलौँ ।
    मैले भनेँ-म घरै गएर कपडा बदल्छु।दाहसंस्कारकाे प्रकृया अगाडि बढाअौं।मेराे कृयकलापबाट पुराेहित पक्कै अाजित भएहुनन् तर उनले पनि विवाद चर्काउने पप्रयत्न गरेनन्।सायद उनी पनि कम्युनिष्टका भाेटर थिएहाेलान्। पिताजीकाे दाहसंस्कारकाे प्रकृया अघि बढ्याेे।दाग बत्ती दिने र चितामाअग्नि दिने काममामात्र म सहभागी भएँ।अन्त्यमा पिताजीलाई श्रद्धाञ्जली दिएर घर फर्कियाे।मेरा यी कृयाकलापले कतिले मलाई पुत्रकाे कर्तव्य नगर्ने अधर्मी,नास्तिक भने हाेलान्।कतिले उग्रवादी देखेहाेलान्। याे अस्वाभाविक पनि हाेईन।परम्परा बिरूद्ध बाेल्दा, व्यबहार गर्दा वैज्ञानिक काेपर्निकसलाई फाँसीमा झुन्डिनु परेकाे,नेपालमा पहिलाे चाेटि हलाे जाेत्ने बहुनले मुद्दामामिला खेप्नु परेकाे र धार्मिक रुढीवादका बिरूद्ध अावाज उठाउदै याेगमायालेअाफ्न ६८ जनाअनुयायी समेत लिएर अरुण नदीमा हाम फालेर जलसमाधि लिनु परेकाे ईतिहास हाम्राे सामु छदै छ। मैले परम्परागत क्रिया गर्दैन भन्ने पिताजीलाई करिब करिब थाहा थियाे।कान्छाे भाइ भीमलाई पनि मैले केही सङ्केत गरिसकेकाे थिएँ।माइलाे भाइ यमनाथ पेशाले पुराेहित कर्म गर्ने भएकाेले कि उसले बिद्राेह गर्नु पर्थ्याे कि परम्परालाई धान्नु पर्थ्याे। जे हाेस् यहाँसम्म अाउदा मैले त्यतिधेरै चुनौतिकाे सामना गर्नु परेन।

    कसरी गरेँ त मैले मध्यमार्गी काजक्रिया-
    घर पुगेपछि मैले भाइहरूलाई भनें-भाइहरू!मैले लामाे समय नेपालकाे जनवादि अन्दाेलन विशेष गरेर सर्वहारा सांस्कृतिक अान्दाेलनमा बिताएकाे कुरा तिमीहरूलाई थाहै छ।मैले हिजाे सांस्कृतिक अान्दाेलनमा जनताका विचमा गएर भनेका कुराकाे बिरूद्ध गएर जनताप्रति विश्वास घात गर्न सक्दिन।पहिले हामीविच केही सल्लाहा पनि हुन पाएन।सल्लाहा गरेर एउटै विधि अपनाउन पाएकाे भएपनि राम्राे हुन्थ्याे।अब म अलगै बस्छु।सात दिन सम्म बिहान नुहाउछु।शुद्धकपडा फेर्छु।पिताजीकाे फाेटाेमा धुपवत्ती तिमीहरू बाल।म एक छाक अलिनाे छाेरी,बुहारीले पकाएकाे खान्छु।
    सातदिन पछिश्रद्धाञ्जली कार्यक्रम गरेर म निस्कन्छु।ऐलेसम्म मार्क्सवादीहरूले गरेकाअन्त्यष्टीकर्महरू जाे अाम जनतालाई पाच्य भएकाे छैन याे विधि सबै मार्क्सवादीहरूलाई सुलभ हुनसक्छ।सम्भवत परम्परावादी हरूलाई पनि ग्राह्य हुनसक्छ।मैले यसाे भनिरहँदा भाइहरूकाे चुनौतीकाे सामना गर्नुपर्ने छ र मलाई सातदिन कटाउन फलामकाे च्युरा चपाउनु सरह हुने छ भन्ने लागेकाे थियाे।मैले बढी खप्की माईलाे भाईकाे खानुपर्ने छ भन्ने साेचेकाे थिएँ तर त्यसकाे बिपरित माइलाे भाइले नै मलाई अत्यन्त सहज र सुलभ बनाइदिए।उनलेभने-पहिले सरसल्लाहा गर्न पाएकाे भए तिनैभाइ सातदिनमा उम्कने गरेर बस्न सकिन्थ्याे हाेला। मलाई त्याे यजमानी बृत्ति नगरी बाँच्न सकिन्न भन्ने पनि थिएन।अपर्झट पिताजीकाे देहावशान हुन पुग्याे।पिताजीकाे छाेराहरूले क्रियाकर्म गरेनन् भने म तर्दिन कि भन्ने ठुलाे चिन्ता थियाे।पिताजीकाे अाशय र मेराे पेशागत हिसाबले पनि क्रिया कर्म गर्नै उचित हुन्छ।म पनि ती श्राद्धमा बिरालाे बाँध्ने खालका रूढीगत धार्मिक अन्धविश्वासलाई कटौती गर्नुपर्छ भन्ने पक्षमा छु र कतिपय बिषयलाई कटौती पनि गर्दै अाएकाे छु। त्यसैकारण मलाई यजमानहरूले अाधुनिक पुराेहित भन्छन् र प्रसय दिन्छन्।
    हुनपनि उनले गरुड पुराण जस्ताे घाेर समन्ती कर्मकाण्ड जसले नर्ककाे भयाबह त्रास र स्वर्गकाे अकल्पनीय अाश देखाएर प्रियजनकाे वियाेगमा विक्षिप्त जस्तै भएका यजमानलाई लुट्ने जुन घाेर निन्दनीय अपराध हाे त्यसलाई कटौती गर्न र वर्तमान सन्दर्भमा पटक्कै मेल नखाने कुराहरूलाई नभन्न गरुड पुराण वाचक पुराेहितलाई उनले निर्देशनै गरे। मलाई पुराेहित पनि अधुनिक नै लाग्याे।
    अाफन्त र प्रियजनहरूकाे अवशान पछि दान गरेर पितृले पाउँछन् भन्नेकुरा केवल भ्रामक हुन्। वेदान्तमा विश्वास गर्ने भारतका १००८ स्वामी दयानन्द सरस्वतीले समेत अाफ्नाे महत्वपूर्ण कृति सत्यार्थ प्रकाशमा पितृलाेक केवल कल्पना हाे र पितृलाई श्राद्ध गरेर पाउँछन् भन्नु पनि केवल भ्रान्ति हाे भनेकाछन्।त्यसाे भनेर अाफ्ना मातापिता र अाफन्त जनकाे देहावशान पछि विल्कुल केही पनि गर्नुपर्दैन भन्ने पनि गलत धारणा हाे। उनीहरूकाे देहावशान पछि उनीहरूकाे स्मृतिमा सामाजिक सेवाका कार्य गर्न सकिन्छ।त्यस्ता सामाजिक क्षेत्र अनगिन्ति छन्।
    यही साेच राखेर मैले २०७० सालमा मातापिताकाे नाममा रु १०००००।काे डिल्लीराम धनसरा प्रतिभा पुरस्कार स्थापना गरी त्यसकाे ब्याजबाट प्रगतिशील,प्रगतिवादी स्रष्टालाई शारदा स्मृति प्रतिष्ठानद्वारा बर्षकाे एकचाेटी पुरस्कृत गर्दै अाइएकाेमा यतिबेला पिताजीकाे देहावशान पछि अब डिल्लीराम धनसरा प्रतिभा पुरस्कार मातापिताका सन्ततीहरूबाटै सञ्चालन गर्ने र याे पुरस्कारलाई अझ समृद्ध पार्ने भन्ने हामी सन्ततीहरू विच व्यापक छलफलबाट निर्णय गरि पिताजीकाे सातौँ स्मृति दिवसकाे स्मृति सभामा मैले घाेषणा समेत गरिसकेकाे छु र मेराे तर्फबाट याे काेषमा अर्काे रू १०००००।एकलाख थप्ने घाेषणा पनि मैले त्यही श्रद्धाञ्जली सभामा गरिसकेकाे छु।यश कार्यबाट हाम्रा मातापिता चीरकाल प्रयन्त जीवीत रहनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ।
    अन्त्यमा मैले अपनाएकाे अन्त्यष्ठी कर्मका बारेमा समाजका प्रबुद्ध वर्गबाट लेखाजाेखा अवश्य हुने नै छ। मैले अपनाएकाे सामाजिक सुधारकाे बाटाे सही लाग्छ भने यसलाई ग्रहण गर्नुहाेला।यसलाई नअपनाई अझ वैज्ञनिक मार्ग काे खाेजी गरी समाजलाई त्यतातिर डाेर्याउनु हुन्छ भने म पनि त्यतैतिर डाेरिनेछु।समाजमा अस्ति(ईश्वर छ) नास्ति(ईश्वर छैन)भन्ने बहस अादिकालदेखि चल्दै अाएकाे छ र याे बहस टुङ्गिनेवाला पनि छैन। चारवाक(देवताका गुरु बृहस्पति)जैन धर्मका प्रवर्तक महावी,महामानव गौतम बुद्ध अादि महापुरुषहरूका दर्शनले श्वरकाे अस्तित्वलाई अस्वीकार गरेका छन् भने साङ्ख्य,याेग न्याय, मिमांसा,वैशेषिक र वेदान्त दर्शनले अस्ति(परम तत्व)काे अस्तित्वलाई स्वीकार गरेका छन्।यी सबै दर्शनले कुनैन कुनै रूपमा शक्तिलाई स्वीकार गरेका छन्।त्यसैले यी नवै दर्शन विचार प्रधान मानिन्छन्।संसारमा दर्शनलाई दुई भागमा बाँडिएकाे छ।एक-पदार्थ प्रधान र दुई-विचार प्रधान। यही जीवनलाई सत्य मान्ने दार्शनिकहरूले पदार्थलाई प्रधान मान्छन् भने परलाेकमा विश्वास गर्नेहरूले चेतनालाई प्रधान मान्दछन्।यी सबैखाले दर्शनलाई सारमा प्रत्ययवादि दर्शन मान्दै पछिल्लाे कालखण्डमा महामानव मार्क्सले नितान्त भौतिकवादि दर्शनकाे प्रतिपादन गर्नुभयाे ।त्यसलाई उहाँले द्वन्द्वात्मक भौतिकवाद,ऐतिहासिक भौतिकवादकाे संज्ञा दिनु भयाे। जुन दर्शनले भौतििक जीवनलाई बाहेक कुनैपनि कुराकाे अस्तित्वलाई स्वीकार गर्दैन।मार्क्सवादि दर्शन अनुसार त मैले गरेकाे अन्त्यष्टी कर्म पनि पूर्ण छैन।त्यसैले मैले यसलाई मध्यमार्ग भनेकाे हुँ।जनता त्यति चेतनशील नभईराखेकाे अवस्थामा यही मार्गनै उपयुक्त हाे भन्ने मेराे धारणा छ।बाँकी विद्वत् वर्गमा जिम्मा दिदै बिदाहुन्छु ।

    Post Views: 393

    तपाइँको प्रतिक्रिया

    ताजा अपडेट

    २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने
    अर्थतन्त्रमा बिस्तारै सुधारको सङ्केत
    रत्ननगरको आठौं नगर सभा : बास्तविक भूमिहीनलाई लालपुर्जा दिने प्रस्ताब पारित
    • प्रतिनिधिसभा विघटन बदरको सुनुवाइ आज हुँदै
    • नेपालको आफ्नै स्याटेलाइट राख्न नौ कम्पनी इच्छुक
    • ओलीका पक्षमा बीस जना भन्दाबढी वकिलले बहस गर्ने
    • महानगरको विकास केन्द्रीय राजनीतिको प्रभाव पर्दैन

    संबन्धित समाचारहरु

    बर्तमान राजनीति र अबकाे कांग्रेस
    मिले देशको मुहार फेर्न सकिन्छ
    राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको ओझ र गरिमा बढ्ने नै छ : अध्यक्ष तिमिल्सिना
    भरतपुर कोभिड १९ प्रयोगशाला प्रमुख डाक्टर नितुलाई वुवाको खुला पत्र
    महामारी र संकटमा पनि मानव बेचविखनका तस्कर सक्रिय
    अयोध्याधामको सन्दर्भ : माडी विकासको अवसर

    नेपाल पायोनियर मिडिया प्रा. लि. द्वारा सञ्चालित चितवन समाचार डटकम    ||    सुचना विभाग दर्ता नं. १२१५-२०७५/०७६
    अध्यक्ष: शालिग्राम नेपाल    सम्पादक: तीर्थराज नेपाल    सह. सम्पादक: हेमराज रिमाल   
    भरतपुर महानगरपालिका – १०, चितवन     
    सम्पर्क नं. ०५६ ५३०४६८, ९८५५०४११२६, ९८५५०३१७८१, ९८४५०६८०५४
    Email: [email protected], [email protected]

    ©  2018 Chitwan Samachar (चितवन समाचार)  |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.
    Chitwan Samachar

    Chitwan Samachar

    • गृहपृष्ठ
    • राजनीति
    • स्थानीय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
      • Back
    • देश
    • अर्थ
    • प्रवास
    • कला
    • अन्तराष्ट्रिय
    • खेल
    • विचार/अन्तर्वार्ता
    • विज्ञान/प्रविधि
    • पत्रपत्रिका
    • अन्य
      • शिक्षा
      • लोकसेवा / अवसर
      • यौन / स्वास्थ्य
      • पर्यटन
      • रोचक संसार
      • Back