चितवन, २५ असोज । चितवनमा आज बेलुक थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत ४० वर्षीया बेवारिसे महिलाको आज बेलुकी ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनु भयो । असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ ती महिला अस्पताल भर्ना हुनु भएको थियो। उहामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप जटिलता आउन थालेपछि उहालाई सोही दिनदेखि कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो । यो सहित आज कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।