काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा चितवनका पुराना नेता एवम् समाजसेवी बिष्णुप्रसाद खराल सहित चारसय केन्द्रीय सदस्य थप गरिएका छन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त मिलेर गठन भएको राष्ट्रपति प्रजातन्त्र पार्टीमा आइतबार चार सय केन्द्रीय सदस्य थप गरिएका हुन् ।
राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीको विधान अनुसार मौजुदा केन्द्रीय समितिमा सदस्य संख्या थप गरी केन्द्रीय कार्य समिति विस्तार गरेको जनाइएको छ ।
यसअघि राप्रपामा ३२७ केन्द्रीय सदस्य थिए । हाल थपिएका गरी केन्द्रीय सदस्य संख्या ७२७ पुगेको छ ।