चितवन, २१ अशाेज । लायन्स क्लव अफ भरतपुरकाे नियमित बैठक बुधबार (आज) भरतपुरमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष मुक्तिराम अधिकारीकाे अध्यक्षता एवम् संस्थापक अध्यक्ष दिपककुमार रानाकाे प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हाे । बैठकमा डिस्ट्रिक्ट काेअर्डिनेटर हरिप्रसाद घिमिरे, रिजन चेयरपर्सन दिनेशचन्द्र न्याैपाने, पूर्ब अध्यक्ष माधब पाेखरेल, बसन्तराज पाैडेल, निबर्तमान अध्यक्ष अनुजराज पन्त लगायत उपस्थित हुनुहुन्थ्यो । बैठकले क्लवले सामाजिक सेवाका कार्यक्रमहरुलाई तालिका बनाई निरन्तर अघि बढाउने निर्णय गरेकाे सचिव हरिप्रसाद गैरेले जानकारी दिनुभयो । बैठकमा क्लवका अध्यक्ष मुक्ति राम अधिकारी र उहाँका सुपुत्रकाे जन्माेत्सवकाे शुभकामना समेत प्रदान गरिएको थियो ।