शहिदचाेक बेलचाेक सडककाे काम ढिलाइ भएकोमा स्थानीयकाे बिराेध

चितवन, १५ असाेज । नारायणगढकाे शहिदचाेक देखि बेलचाेक पुङ्गिखाेला सम्मकाे सडक स्तराेन्नती गर्न ढिलाइ गरेको भन्दै स्थानीयले बिराेध प्रदर्शन गरेका छन् । संगमराेड टाेल सुधार समिति, बेलचाेक टाेलसुधार समिति, स्थानीयबासिन्दा र ब्यवसायीले बिराेध स्वरुप आज बिहान ९ बजेदेखि साे सडकखण्ड अबरोध गरेका हुन् । शहरी बिकास मन्त्रालयले शहिदचाेक देखि बेलचाेक हुदै यज्ञपुरी कचपचे सम्म सडक स्तराेन्नतीकाे काम गरिरहेकाे छ । तर, काम नियमित नहुदा समयमा सम्पन्न हुनसकेकाे छैन । काम थालेको दुई बर्ष भईसक्दा पनि निर्माण कार्य नसकिएकाले दिनहुँ धुलाे, हिलाे र प्रदुषण खेप्न परेकाेे स्थानीय ब्यवसायी अगुवा बिकास थापाले जानकारी दिनुभयो । ” हामीले पटक पटक ताकेता गर्याै, विभिन्न वाहानाबाजि गरेर काममा ढिलाइ भयाे । अहिले सडक आसपासमा धुलाेले बस्न सक्ने अवस्था छैन ” -थापाले भन्नुभयो । सहरी बिकासकाे कार्यक्रम भएकोले त्यहाबाट भएको ढिलाइ प्रति स्थानीय जनप्रतिनिधिले समेत असन्तुष्टि राखेका छन् । भरतपुर-३ का वडा अध्यक्ष चन्द्रमित्र पंडितले याे सडककाे परियोजनाबारे वडासङ्ग कुनै समन्वय नगरी सहरी बिकासले काममा ढिलाइ गरेको बताउनुभयो । स्थानीयकाे गुनासो जायज छ, मैले छिटाे काम सकाै भनेकाे छु तर ढिलासुस्ती भयाे – पंडितले भन्नुभयो । सहरी बिकासले भाेलिवाट राेकिएकाे काम अघि बढाउने बताएको वडाध्यक्ष पंडितले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट