भरतपुर,३ फागुन :
नारायणी ईङ्लिस पव्लीक माध्यामिक बिद्यालय भरतपुर ११ को रजत महोत्सवको अवसरमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीका ८० बर्ष उमेर पुगेका अभिभावकहरुलाई सम्मान गरिएको छ ।
बिद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा १०८ बर्ष उमेर सम्मका अभिभावकहरुको सहभागिता रहेको थियो ।
५२ जना जेष्ठ अभिभावकहरुलाई दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो । सोहि कार्यक्रममा बिद्यालयले यस अघि आयोजना गरेको बिभिन्न कार्यक्रमका बिजेताहरुलाई समेत पुरस्कार बितरण गरिएको थियो भने साँस्कृतिक कार्यक्रम द्धारा मनोरञ्जन गराईएको थियो ।
शिक्षा बिकास तथा समन्वय ईकाई चितवनका प्रमुख दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर भट्टराई, प्यावशन चितवनका बरीष्ठ उपाध्यक्ष कृतिनिधी अर्याल, जेष्ठ नागरिक संस्था चितवनका अध्यक्ष ध्रुवदेव अर्याल, गणेश मन्दिर संरक्षण समितिका अध्यक्ष गिरीराज न्यौपाने, रामजानकी बालिका अश्रम देवघाटका महासचिव रामेश्वर खनाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
रजत महोत्सवको अवसरमा बिबिध कार्याक्रमहरुको आयोजना गर्दै आएको बिद्यालयले यहि फाल्गुन ५ गते अभिभावक दिवस भव्यताका साथमा मनाउने तयारी गरेको छ ।
शिव प्रसाद सुवेदीको संयोजकत्वमा सम्पन्न सम्मान तथा पुरस्कार बितरण कार्यक्रम नारायणी ईङ्लिस् पब्लीक माध्यामिक बिद्यालयका अध्यक्ष राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।