कावासोती , ९ अशाेज । नेपाली काँग्रेस नवलपुरले कोरोना महामारीका बेला सरकारले चालेका सकारात्मक कदमलाई पुर्णरुपमा सघाउँदै जनताको घर घरमा पुग्ने भएको छ । काँग्रेसले गुण दोषका आधारमा राज्यको कामको मुल्याकंन गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
काँग्रेसको तर्फबाट शुक्रबार जिल्लामा पत्रकार सम्मेलन मार्फत कोभिड १९ अनुगमन नवलपुर जिल्ला समितिको घोषणा गर्दे सक्रिय रुपमा जिललाभर अभियान संचालन गर्ने निर्णय गरेको हो । समितिको संयोजकमा यस अघिनै काँग्रेसको केन्द्रीय कोभिड १९ अनुगमन समितिले सुरज गुरुङ्गलाई संयोजकमा मनोनयन गरेको थियो । शुक्रबार गुरुङ्गको संयोजकत्वमा ११ सदस्यीय जिल्ला जिल्ला समिति घोषणा गरिएको हो ।
समितिको सदस्यमा करुणा सागर सुवेदी , शारदा विश्वकर्मा, नारायण शर्मा, लक्ष्मी बस्ताकोटी, माया महतो, रामचन्द्र भण्डारी , भरत पोख्रेल , गणेश न्यौपाने , अशोक श्रेष्ठ र सदस्य सचीवमा रमेश बस्ताकोटी रहेका छन् ।
नेपाली काङ्ग्रेस नवलपुरको जिल्ला कार्य समितिको शुक्रवार सम्पन्न बैठकले सो अभियानको फोकल पर्सनको रुपमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सचीव बालकृष्ण घिमिरेलाई जिम्मेवारी तोकिएको नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।
काँग्रेसले जिल्लाका आठवटै स्थानीयतहमा पनि काम गर्ने गरि संयोजक र सह संयोजक तोकेको छ । जसअनुसार गैंडाकोटको संयोजकमा वेदप्रसाद गौडेल, उप संयोजकमा बद्रीप्रसाद सापकोटा , कावासोतीको संयोजकमा देवराज भट्टराई , उपसंयोजकमा दिलमाया श्रेष्ठ , मध्यविन्दुको संयोजकमा हरि बस्ताकोटी उपसंयोजकमा राजकुमार श्रेष्ठ , हुप्सेकोटको संयोजकमा आशिष रेग्मी उप संयोजकमा लक्षमण सेन ,बुलिङ्गटारको संयोजक ओम कुमार श्रेष्ठ उपसंयोजकमा धनबहादुर गोदामी, बौदिकालीको संयोजकमा लोकबहादुर गाहा, उपसंयोजकमा प्रेम गाहा र विनयी त्रिवेणिको संयोजकमा सुनिल थापा र उप संयोजकमा फणिन्द्र आचार्यलाई जिम्मेवारी तोकिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
सो समितिले जिल्लामा कोभिड–१९ संक्रमणको स्थिति परिक्षणको अवस्था , आईसोलेसन र क्वारेन्टाइनको सुविधा र मापदण्ड , कोरोना संक्रमितको लागि अस्पतालको स्थिति, स्वास्थ्य सामाग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्था, विभिन्न समयमा भएका र हुन सक्ने लकडाउन र निषेधाज्ञाले पारेको र पार्न सक्ने आर्थिक र सामाजिक अवस्थाको मूल्याकंन गर्ने र सुचना लिने, केन्द्र प्रदेश र स्थानीय सरकारहरुको कोरोना संक्रमण रोकथाम र उपचारमा गरेका भुमिका तथा राहत लगायत आर्थिक सामाजिक क्षेत्रमा परेका समस्यालाई न्यून गर्न खेलेको भुमिका सम्बन्धमा जानकारी लिने र आवश्यक सहयोग गर्ने लगाएतका कार्यक्षेत्रमा रहेर काम गर्ने संयोजक सुरज गुरुङले पत्रकार सम्मेलनमा बताए ।
यस्तै समितिले कोभिड १९ संक्रमण रोकथाम र पीडितहरुको सहयोगका लागी पार्टीले खेलेको भुमिका र खास गरि नेपाली काङ्ग्रेस को वडा देखि जिल्ला तह सम्म निकायहरुले खेलेको भुमिकाको सम्बन्धमा जानकारी लिने र आवश्यक सहयोग गर्ने, निरन्तर रुपमा सम्बन्धित निकाय, राजनीतिक दल , नागरिक समाज संघसंस्था तथा जनस्तरबाट उपयुक्त विषयमा आवश्यक जानकारी लिने तथा आवश्यक सहयोग गर्ने, कोभिड १९ बाट प्रभावित नागरिकहरुका लागी सेवा मुलक कार्यक्रमहरु सन्चालन गर्ने, जनचेतना फैलाउने , मनोपरामर्श सेवा उपलब्ध गराउने र सामाजिक सदभावको विकासमा टेवा पुग्ने प्रकृतिका कार्यक्रमहरु सन्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
कोभिड–१९ अनुगमन समितिका संयोजक सुरज गुरुङको अध्यक्षता एवं नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेको विषेश उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।
सो समितको आजै सम्पन्न बेठकले तत्काल प्लाज्मा थरापीका लागि आवश्यक रगत संकलन गर्न रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । जसका लागि समितिका सदस्य करुण सागर सुवेदीलाई संयोजक तोकिएको सदस्य सचिव रमेश बस्ताकोटीले जानकारी दिए । बस्ताकोटीका अनुसार बैठकले तथ्याङ्क संकलनका लागि नारायण शर्मा , राहत तथा अत्यावश्यक सामाग्री व्यवस्थापनजका लागि भरत पोख्रेल र परामर्श एवं समन्वयका लागि रामचन्द्र भण्डारीलाई जिम्मेवारी दिएको छ ।
