नारायणी नदी वस्ती पस्यो : स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण

चितवन, ८ असोज । निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानववस्तीमा पसेको छ ।
तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि भरतपुर महानगरपालिकाको वडा नं. २६ मा नारायणी नदी पसेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टाईले विहीबार दिउसोबाट नारायणी नदी वस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा राखिएको जानकारी दिनु भयो ।
नदीले खतराको तह पार गरेको छ त्यसको असर नदीको तटीय क्षेत्रमा परेको छ प्रमुख जिल्ला अधिकारी भट्टराइले भन्नुभयो । त्यस्तै गरी भरतपुर महानगरपालिकाको वडा नं. २८ मेघौली क्षेत्र, वडा नं. १६ मंगलपुर क्षेत्रमा वाढी पस्ने खतरा भएपछि वस्तीलाइ स्थानान्तरण गरेको भट्टराइले जानकारी दिनु भयो ।
जिल्ला भएर वग्ने नारायणी, रापती, माडीको रिउ लगातको नदी र खोलामा वाढी आएको छ । विहीबार साँझसम्म मानवीय क्षती नभएपनि घर डुवानमा परेको र भौतिक क्षती भने भएको उहाले जानकारी दिनु भयो । भौतिक क्षतीको विषयमा विवरण संकलन कार्य जारी रहेको उहाले बताउनु भयो ।
यसै गरी राप्ती नदीमा वाढी आएपछि पर्यटीय क्षेत्र सौराहा डुवानमा परेको छ । नदीको किनार क्षेत्रमा वाढी पसेर होटलहरु डुवानमा परेको जानकारी दिनु भयो । सरकारले असोज महिना लागेपछि पर्यटकीय क्षेत्र खोल्न अनुमती दिएपनि पर्यटक नआउदा चिन्तित बनेको सौरामा वाढी पसेपछि थप चिन्ता छाएको छ । काठका र कच्ची घरहरुमा डुवानले क्षती पारेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनु भयो ।
चितवन र नवलपरासीको सिमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई रामविकेश रायले बिहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ०८ मिटर पुगेको थियो । आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड रहेको थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो ।
नारायणी नदी बढेसँगै यसको प्रभाव भरतपुर महानगर र नवलपुर क्षेत्रमा पर्दछ । महानगर प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट