कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा एकजनाको मृत्यु

चितवन ८ असोज । चितवन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत तनहुँको आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको आज राती १२ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुष भदौ २९ गते डायलाइसिस गर्नका लागि चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तत्काल उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।

योसंगै चितवनमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । जसमध्ये चितवनका मात्रै भने १८ जना रहेका छन् ।

ताजा अपडेट