काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत छलफल शुरु भएको छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले यसबारे आ–आफ्नो धारणा राखेका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जानकारी दिएका छन् । बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्ने जनाइएको छ ।