राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको भन्दै अमेरिकामा टिकटक एप्स डाउनलाेड गर्न प्रतिबन्ध

एजेन्सी । टिकटक र वीच्याटको डाउनलोड माथिको प्रतिबन्ध अमेरिकामा आइतबारदेखि लाग्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि अमेरिकी एप स्टोरमा टिकटक र वीच्याट प्रतिबन्धित हुने बताएका छन् ।

अमेरिकाको वित्त विभागले आइतबारदेखि कुनै पनि एप प्लाटफर्मबाट चिनियाँ एप्लिकेशनहरु टिकटक र वीच्याट डाउनलोड गर्न नदिने स्पष्ट पारेको छ ।
ट्रम्प प्रशासनले टिकटक तथा वीच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको दाबी गर्दै आएको छ ।

आइतबारदेखि वीच्याट अमेरिकामा बन्द हुनेछ । तर यसअघि नै टिकटक डाउनलोड गरेकाहरुले नोभेम्बर १२ सम्म चलाउन पाउने छन् । त्यसपछि टिकटकमाथि पनि पूर्ण प्रतिबन्ध लाग्ने छ ।

शेयर गरौ

ताजा अपडेट