नवजीवन पुर्नस्थापना केन्द्र गैंडाकाेटलाई लायन्सकाे सहयोग

चितवन,२ अशाेज ।
कोरोनाका कारणले खाद्यान्न संकट ब्यहोर्दै आईरहेको गैडाकोट २ मा अवस्थित नवजीवन पुर्नस्थापना केन्द्रलाई आज लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिले खाद्यान्न सहयोग गरेको छ । खाद्य सहयोग लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको जन्मदिनको अवसर पारेर क्लबले केन्द्रलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का प्रथम भाईस गर्भनर रामप्रसाद भट्ट हुनुहुन्थ्यो । वहाँले कार्यक्रममा जोखिमको समयमा पनि आफ्नो कतब्र्य सम्झने सस्था वा मानिसनै समाजको प्यारो हुने बताउदै अहिले समाजले लायन्सले साच्चै सहयोग ग¥यो भनेर भनिरहेको छ यस्तो सुन्दा पाउदा लायन्स हुनुको आन्नद आफुले लिएको बताउनु भएको थियो । वहाँले यस्तै मानबिय कार्यमा निरन्तर लागीरहन लायन्सकर्मीहरुलाई अनुरोध गनुभयो ।
प्रमुख अतिथि भट्टले खाद्यान्न सहयोग उक्त केन्द्रका सञ्चालक रोम थापालाई हस्तान्तरण गनुभएको हो । उक्त सहयोग गैडाकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष धुव्रराम पौडेलको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा डिष्ट्रिक डेपुटी कोअडिनेटरहरु राजेन्द्र गौतम, कृष्ण पाण्डे, एरिया नं नं का एरिया चिफ प्रभाकर पण्डित, डिष्ट्रिक डिपार्टमेन्ट चिफ भक्तीप्रसाद चालिसे, एरिया सचिब पूर्णप्रसाद शर्मा,जोन चियर पर्सन बिनोद पन्त, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिका अध्यक्ष डा. भावना बाग्ले लगायत दुबै क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन डा. गंगा सापकोटाले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट