चितवन समाचार डटकम, २९ भदौ ।
नेपाल ईन्जिनियर्स एशोसियसन बागमती प्रदेश र नेपाल ईन्जिनियर्स एशोसियसन भरतपुर स्थानीय केन्द्रको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
युनाइटेड कलेज भरतपुरको परिसरमा भएको कार्यक्रममा २५ जनाले रक्तदान गरेको ई. सूर्यप्रकाश लामाले जानकारी दिनुभयो ।
ई. बिराट घिमिरेले संयोजन गर्नुभएको कार्यक्रममा एशोसियसनका प्रदेश अध्यक्ष ई. नन्द बन्जाडे, भरतपुरका डिभिजन ईन्जिनियर रत्न लामिछाने लगायतका सहभागी हुनुहुन्थ्यो ।
कोरोना संक्रमणको विषम परिस्थितिमा स्वास्थ्य उपचारका लागि भैरहेको रगतको अभावलाई मध्यनजर गरि रक्तदान कार्यक्रम राखिएको ई.लामाले जानकारी दिनुभयो ।