भरतपुर केन्द्रीत कोरोना : शनिबार मात्रै ८७ जना संक्रमित थपिए

चितवन २७ भदौ । शुक्रबार ७१ जना संक्रमित देखिएको चितवनमा शनिबार ८७ जनामा कोरोना भाइरस संक्रमित पुष्टी भएको छ ।

भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राती १२ बजे सम्म ५३३ नमुना परिक्षण गरिएकोमा ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर मात्रै ७३ जना पोजेटिभ भएका छन् । मा ५० जना पुरुष र २३ जना महिलामा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनु भयो । शुक्रबार ६५ जना महानगरमा नयाँ संक्रमित भएका थिए ।

शेयर गरौ

ताजा अपडेट