तीनदिन कार्यक्रम गरी चितवनमा प्रजातन्त्र दिवस मनाईने

चितवन, ३ फागुन ।
६९ औं प्रजातन्त्र दिवसको अवसरमा चितवनमा तीनदिवसीय विविध कार्यक्रम गरिने भएको छ ।
सरकारी स्तरमा हुन लागेको कार्यक्रमको संयोजन जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले गर्नुहुने आज भरतपुरमा आयोजीत अन्तरक्रिया कार्यक्रममा जानकारी दिईयो । डल्लाकोटीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । फागुन ६, ७ र ८ गते कार्यक्रम हुनेछ । ६ गते विहान सरसफाई, ७ गते
प्रभात फेरी सहित अन्तरक्रिया कार्यक्रम र ८ गते रक्तदान कार्यक्रमको आयोजना गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । त्यस्तै तीनै दिन साँझ दीपावली गर्न पनि वस्नेतले आग्रह गर्नुभयो ।
७ गते विहान ब्याण्डवाजा सहित हुने प्रभातफेरीमा जिल्ला स्थित जनप्रतिनिधिहरु, सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरिक समाजका, व्यापारी, युवा, विद्यार्थी लगायत सहभागी हुने जनाइएको छ ।
आज भएको अन्तरक्रिया कार्यक्रममा प्रजिअ वस्नेत, प्रहरी उपरिक्षक नविन राई, पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट