अहिलेसम्मकै उच्च : एकैदिन १४ सय ५४ कोरोना संक्रमित

काठमाडौं, २६ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी १,४५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज ९शुक्रबार० एकै दिन हालसम्मकै धैरै १,४५४ जनामा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३६ हजार ६७२ उपचारपछि निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ । ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन् ।

शेयर गरौ

ताजा अपडेट