चितवन २६ भदौ । चितवनमा थप ३४ जनामा कोभिड–१९ कोरोना भाइरस संक्रमण भएको छ ।
भरतपुर अस्पतालको कोभिड प्रयोगशालाले शुक्रबार विहान सार्वजनिक गरेको सूचनामा एकसय ५६ को नमुना स्वावबाट ३४ जनामा कोरोना संक्रमण भएको पुष्टी गरेको हो । प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीका अनुसार परीक्षण मध्य चितवनका ३१ र अन्य जिल्लाका ३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमण पुष्टि हुनेमा चितवनका सबै भरतपुर महानगरपालिकाका रहेका छन् । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहनु भएको छ । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका हुनुहुन्छ । यस्तै महिलाहरु २४ देखि ५४ वर्ष उमेरको रहेको प्रयोगशाला प्रमुख डाक्टर अधिकारीले जानकारी दिनु भयो । उहाहरु सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।
यसैगरि नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिला गरी दुई जनामा संक्रमण पुष्टि भएको छ । उहाँहरुले भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब दिनु भएको थियो ।
यस्तै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । चितवनमा शुक्रबार विहानसम्म कुल संक्रमितको संख्या ११ सय नाघेको छ ।