चितवन २५ भदौ । अविनाश ग्रुपले भरतपुर अस्पतालको कोभिड १९ ल्याबलाई अटोमेटिक पीसीआर मेसिन निःशुल्क सहयोग गरेको छ ।
भरतपुर अस्पतालले सञ्चालन गर्दै आएको ल्यावको पीसीआर मेसिन रामपुर विश्वविद्यालयको रहेको थियो । विश्वविद्यालयले केही समयको लागि दिएको मेसिन पुरानो भएको र काम गर्न ढिला भएकाले अस्पतालले आफ्नै मेसिन ल्याउन पहल गर्दै आएको थियो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको पहलमा मेसिन अविनाश ग्रुपले सहयोग गरेको थियो ।जर्मनमा बनेको यो मेसिन पछिल्लो उत्पादन भएकाले काम गर्न धेरै सहज हुने भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘यो अहिलेको पछिल्लो मेसिन हो यसमा अटोमेटिक सामग्री जडान गर्दा मानिसले काम गर्ने समय हटाइदिने छ ।’ यो मेसिनले पूरा काम गर्न पाएमा दैनिक एकहजार स्वाव परीक्षण गर्न सक्ने क्षमता राख्दछ अधिकारीले भन्नु भयो । उहाँका अनुसार एक पटकमा तीनदेखि पाँचसय वटा स्वाव राख्न सकिने भएकाले यहाँको चापलाई यसले केही हदमा सहयोग मिल्ने छ ।
यो मेसिनबाट काम सुरु गर्न केही दिन लाग्ने डाक्टर अधिकारीले जानकारी दिनु भयो । यो सञ्चालनमा आएपछि यस अगाडि भन्दा काम छिटो काम हुने उहाँको भनाइ छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सरकारी तहबाट ल्याउन ढिला हुने भएकाले निजी क्षेत्रलाई सहयोग गर्न अनुरोध गरेपछि अविनाश ग्रुपले एक हप्ता भित्र सहयोग गरेको जानकारी दिनु भयो । विहीबार अविनाश ग्रुपका अध्यक्ष तथा पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले मेसिन हस्तान्तरण गर्नु भएको हो । महानगर प्रमुखको पहलमा मेसिन उपलब्ध भएकाले अस्पतालले जनाएको छ ।
१५ जिल्ला भन्दा धेरै ठाउबाट कोरोना परीक्षणका लागि स्वाब भरतपुर अस्पतालको ल्याबमा आउने गरेको छ ।