कोरोना संक्रमणबाट चितवनमा थप एकजना पुरुषको मृत्यु

चितवन, २५ भदौ । चितवनमा कोभिड १९ कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचारत भरतपुर महानगरपालिका ११ का ६२ वर्षिय पुरुषको विहीबार दिउसो १२ः२० बजे मृत्यु भएको अस्पतालका निर्देशक डक्टर दयाराम लम्सालले लानकारी दिनु भयो ।
ती पुरुष स्वासप्रश्वासमा समस्या भई भदौं २० गते अस्पताल भर्ना हुनु भएको थियो । भदौं २२ गते कोरोना पोजेटिभ पुष्टि भएको उहामा स्वासप्रश्वासमा समस्या वढ्दै गएपछि मृत्यु भएको अस्पतालले जनाएको छ । उहाँलाई मेन्टिलेटरमा राखेर उपचार गरिदै आएको अस्पताले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । योसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

शेयर गरौ

ताजा अपडेट