नेता अनिल शर्मा बिरहीको गिरफ्तारी प्रति मानवअधिकार अनुगमन समितिको ध्यानाकर्षण

चितवन , २३ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी बिप्लव समुहका नेता , साहित्यकार एवम् लेखक अनिल शर्मा बिरहीलाई भरतपुर सरकारी अस्पतालमा उपचार भैरहेको अवस्थामा निको नहुदै डिस्चार्ज गरि प्रहरीले नियन्त्रणमा लिएको घटना प्रति चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
समितिका अध्यक्ष कमल पाठकले आज एक बिज्ञप्ति जारी गरि उपचाररत रहेकै अवस्थामा डिस्चार्ज गराई गिरफ्तारी गर्नु मानवअधिकारको न्युनतम मूल्य मान्यता बिपरितको कार्य भएको जनाउनु भएको छ । कोभीड महामारीको विषम परिस्थितिमा निज शर्मालाई लगाईएको यसअघिको अभियोगमा सम्मानित चितवन जिल्ला अदालतले नै उपचार गरि निको नहुदा सम्म पक्राउ नगर्नु कहि कतै नलैजानु भनी गरेको आदेश बिपरित सुगर, प्रेसर र कम्मरको बिमार निको नभई उपचाररत रहेकै अवस्थामा डिस्चार्ज गराई गिरफ्तारी गर्नु मानवअधिकारको न्युनतम मूल्य मान्यता बिपरितको कार्य भएको समितिको ठहर छ – बिज्ञप्तिमा भनिएको छ ।
शर्मालाई आवश्यक स्वास्थ्य उपचार गरि स्वस्थ भई बाच्न पाउने अधिकार सुरक्षित गरि तत्काल रिहाइ गर्न पनि समितिले माग गरेको छ ।

शेयर गरौ

ताजा अपडेट