भरतपुर अस्पतालद्वारा सञ्चलित कोभिड १९ प्रयोगशालामा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मी अहिले कोरोना संक्रमण भए नभएको परीक्षणका लागि खटिरहेका छन् ।
जिल्लामा पहिलो पटक स्थापना भएको ल्याबले चितवनसहित १५ वटा भन्दा धेरै जिल्लाबाट आएको स्वाब परीक्षण गर्दै आएको छ । त्यही ल्याबको प्रमुखका रुपमा डाक्टर नितु अधिकारीले जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । स्वावको चाप छिटो रिपोर्ट दिनु पर्ने दवावका बिच यहाँका स्वास्थ्यकर्मीले गरेको कामको विषयमा ल्याब प्रमुख अधिकारका काका वुवाको खुल्ला पत्र ।
प्रिय छोरी नितु,
सबैलाई खुसी देख्न चाहने तिमी सदा खुसी रहनु ।
तिम्रा पिता पुर्खा द्वारा निर्माण गरिएको कठोर बन्धनयुक्त सभ्यता, सस्कार र समाजमा बाधिएर बाँच्न बाध्य तिम्री आमा, हजुरआमाहरुले जस्तो समाजमा भूमिका बिहीन छोरीको रुपमा पाउनु परेको भए हामी बाबुआमाकालागि ग्लानी र पश्चाताप को विषय हुँदो हो ।
त्यसैले हामीले तिमीलाई भन्ने गरेका यि कुरा अब तिमीले तिम्रा हजुरआमा, आमा,दिदी र बहिनीहरुको समाज उपयोगी सकृय भूमिकासहितको अस्तित्व खोज्न समाजमा खुलेर अगाडि आउनु पर्छ । तिमी छोरामान्छे सरह भएर होईन तिमीले स्त्रीयोचित मातृत्वको गुण मायाँ, प्रेम, दया र करुणाका कथाहरु निर्माण गर्दै जानुपर्छ । कुनै पनि बेला हाम्रो संस्कार र समाजको कुरीतिको परिधिबाट आफुलाई बाहिर राख्दै गर्दा आफुलाई दोषी मानेर कतीपनि हिनताबोध नगरे छोरी । पितृप्रधान समाजले बनाएको कुरितीको जालोमा अल्झिएर तिम्रा गगन चुम्ने ईच्छाचाहाना र योजनाहरु बिलखबन्दमा परेका हुन सक्छेन् । तर तोड जालो र बन्धनहरु संबोधित होऊ । पुराना बिचार र कुरितीका खण्डहरहरु तोड्दै जाऊ नयाँ आयामहरू निर्माण गर, समाजमा तिम्रा कर्मका माध्यमबाट धरोहरहरू निर्माण होऊन् । अनि सदादिन तिमीलाई निदाउन मैले तिमीलाई सुनाउने गरेका कथाका सुपात्रहरुले झै आज तिम्रा कर्मले तिमीतिनै सुपात्र बन्दै गएको देख्दा म जस्ता कुन पिताको मन प्रफुल्लित अनि पुलकित नहोला ?
हामीलाई बुझ्ने हाम्रो मनलाई पढ्ने कोसिस गर आखिर हाम्रो हुती, मति र भरोसा त तिमी बाहेक को नै छ र छोरी ? तिमी नभए हाम्रो यहाँ के छ र ? मैंले बोलाएँ तिमीलाई त्यो पनि तिम्रो खवर बुझ्न एक पटक हजुर त भनिदेऊ । त्यति जवाफ पाऊने हकबाट मलाई बंचित नगरे छोरी । फेरी बाबुहरुले छोरीलाई जिन्सी समान झै बन्द कोठरीमा थन्काउन बेर मान्ने छैनन् । धन्य छ छोरी तिमी ऊठ्यौ जाग्यौ, तिमी जस्तै छोरीहरु अब कुण्ठा पालेर चौघेरा भित्र मक्किने दिन गए । सबै बाबुहरुले तिमीलाई जस्तै सबै छोरीहरुलाई अब प्रेम र करुणाले परिपूर्ण बनाएर कर्तब्यपथमा हिडाउने छन् । तिमी अनुसरण अनि अनुकरण गर्ने सुपात्र बनेऊ, तिमीले मानव कल्याणका हेतु हामीलाई मात्र होईन रहेछ आफुलाईनै बिर्सिएर जे गर्दैछौं त्यो नै छोरी हुनुको गर्विलो प्रमाण हो ।
सिर्जना र आशा तिमी हौ ,तिमी छौ र त धरा छ, तिमी नभए यो धरा बाँझो खेत सरी छ । तिमी छौ र त म निर्झरी अनि तिम्री आमा निर्झरीणी बनेका छौं । तिमीले जन्म लिएको घरको यो दैलो नटेकेको आज पाँच महिना भएछ । त्यसैले त हामी न्यास्रीएर घाँटी सुकाई सुकाई बोलाई रहेछौं । तिम्रो बोली मात्र सुन्न हाम्रा कानहरु अनि एक झलक मात्र देख्न यि लोचन लालायित छन् । सुनिन्छ आज भोलि तिमी दिनरात नभनी खटीएकी छौ रे । तिम्रो खटाईले जीबन छामेको छ अरे । सुत्ने ऊठेको ऊठ्ने कुदेको छ अरे । तिमीले हिडेको अगम्य पथमा सबै छोरीहरु हिडुन अब छोरी एक पटक हामीले बोलाउँदा बोलिदेऊ डाक्दा आईदेउ छोरी तिमी तिम्रो स्वास्थ्यको ख्याल हामीले राख्न सकेनौं तिमीले राख है । अब तिमीलाई दिन र रात छुटीयोस् है । छोरी तिमी’ अपरिमित’ छौ ं।
केशव अधिकारी
धन्यवाद छोरी