रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना

काठमाडौँ, २२ भदौ । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोनाभाइरस देखिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ परेका १९ जनामध्ये ६ जनाको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । म्याद थप्न लैजाने क्रममा प्रहरीले परीक्षण गराउँदा उनीहरुको आज आएको रिपोर्टमा संक्रमण देखिएको हो ।

संक्रमितहरुलाई छुट्टै राखिएको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट